Logo

पाल्पाको हुमिनमा बस दुर्घटना, मृतककाे संख्या १३ पुग्याे

रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा भएकाे बस दुर्घटनामा परि ज्यान जानेकाे संख्या १३ पुगेकाे छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउने १३ जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार विष्णुमान बज्राचार्य, उहाँका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गा श्रेष्ठ र कृष्ण्णबहादुर बोहराको ज्यान गएको हो ।

सचिन बज्राचार्य र कमला कार्कीकाे उपचारका क्रममा अस्पतालमा ज्यान गएकाे हाे । ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुनुहुन्छ । घाइतेमध्ये १० जनाकाे युनाइटेड  मिसन अस्पताल तानसेन र २ जनाकाे लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेकाे छ ।सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेकाे लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरकाे बस दुर्घटनामा परेको हो ।


प्रतिक्रिया दिनुहोस्