Logo

अर्थमन्त्रीलाई झपार्दै सत्तारुढ दलकै सांसद यादवले भने ‘हामी तपाइँ जस्तो टिके हो र ? चाहिएको छैन तपाइँको ४ करोड’

सांसद प्रदिप यादवले स्थानीय पुर्वधार विकास साझेदार कार्यक्रमको ४ करोड रुपैँया नलिने घोषणा गरेका छन् । पर्सा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद् यावदले आज बजेटमाथीको आफ्नो धारणा व्यक्त गर्दै सरकारले छुट्याएको ४ करोड नलिने घोषणा गरेका हुन् ।

टिके अर्थमन्त्रीले जनताको चासो संवोधन गर्न नसकेको समेत उनले आरोप लगाएका छन् । बजेटमाथीको छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीलाई टिके भनेका हुन् । निर्वाचित सांसदको अपमान गरेको भन्दै उनले अर्थमन्त्री युवराज खतिवडालाई ‘टिके सांसद’ को संज्ञा दिएका हुन् । ‘चार करोड बजेट छुट्याउनुलाई अर्थमन्त्रीले दान दिएको जस्तो गरेको छन् ।’ उनले भनेका छन् ।

आफुहरु जनताबाट निर्वाचित भएर आएको भन्दै उनले अर्थमन्त्री जस्तो टिका लगाएको नआएको भन्दै आक्रोश व्यक्त गरेका थिए । ‘हामी जनताबाट निर्वाचित सांसद हौं, टिके प्रथाबाट आएका होइनौं’ उनले भने, ‘निर्वाचित सांसदलाई अर्थमन्त्रीजीले अपमान गर्नु भएको छ, यो खेदजनक छ ।’

‘अर्थमन्त्रीले वडाध्यक्ष समेत जित्नु भएको छैन ।’ उनले प्रश्न गरे ‘वडाध्यक्ष समेत नजितेको मान्छेलाई हामीहरुलाई अपमान गर्ने ?’ संबोधनको क्रममा उनले पटक पटक आफुहरुलाई अपमान नगर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्