‘शक्ति’की ‘सौम्या’रुबीनाले लगनगाँठो कस्दै, को आउदैछन् उनको जीवनमा ?
एजेन्सी – भारतीय टेलिभिजन कलर्स च्यानलबाट प्रशारण भइरहेको टेलिसिरियल ‘शक्ति’की स्यौम्या’की अभिनेत्री रुबीना डिलाइकले विवाह गर्ने भएकी छन् ।भारतीय मिडियाकाअनुसार उनले आफ्ना ब्वाइफ्रेण्ड अभिनेता अभिनव शुक्लासँग बिवाह गर्न लागेका हुन् । उनीहरुबीच यही जुन २१ मा विवाह गर्ने निश्चित भएको छ ।करिब चार वर्षे प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनीहरुको विवाहमा पारिवारिक सदस्य र नजिकका साथीहरुमात्रैलाई आमन्त्रण गरिने बताइएको छ ।तर, विवाहपछि मुम्बईमा हुने रिशेप्सन पार्टीमा भने फिल्मी क्षेत्रका व्यक्तिहरुलाई बोलाइने छ ।