विमानस्थलबाटै फेरि भित्रियो एक किलो सुन, एक जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुई वटा सुनका चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ ।पक्राउ परेका यादवलाई शुक्रबारै आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाएको प्रहरीले जनाएको छ ।
रासस