कमल के क्षेत्रीले जन्मदिन ल्याए ‘कहाँ पाइन्छ र’को भिडियो
काठमाडौँ । गायक कमल के क्षेत्रीको नयाँ गीत ‘कहाँ पाइन्छ र’ सार्वजनिक भएको छ । नाच न, आई लभ यु लगायतका हिट गीत दिएका गायक क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेका हुन्। गीतमा गायक स्वयमको शब्द तथा संगीत रहेको छ।
भिडियोमा गायक कमल र अकेशा बिष्ट फिचर रहेका छन्। बिभोर पोख्रेलले निर्देशन गरेको भिडियोमा अनिल के मान्नधरको छायाँकन र शिलन लम्सालको सम्पादन रहेको छ।