किन सकेनन् नेपाल आउन : सलमान खान
काठमाडौंको टुँडिखेलमा हुने भनिएको बलिउड सुपरस्टार सलमान खानको नेपाल कन्सर्ट दुईपटक पोस्टपोन्ड भइसकेको छ । गएको वर्षको फागुन २६ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले ‘दबंग टुर’ कार्यक्रम स्थगित गरेको थियो ।
यस्तै, चैत १२ गते पुनः सलमानको ‘दबंग : द टुर नेपाल’ राखिएको थियो । तर, अन्तिम समयमा फेरि उक्त कार्यक्रम स्थगित गरियो । दुईपटक नेपाल भम्रण रद्द हुँदासम्म मौन रहेका सलमानले नेपाल आउन नसक्नुको विषयमा मुख खोलेका छन् ।
.jpg)
भारतीय अनलाइन ‘मुम्बई मिरर’ सँगको कुराकानीको क्रममा उनले ‘रेस ३’ को रिलिज नजिँकिएका कारण नेपाल आउन नसकेको खुलाएका छन् । उनले भने, ‘हामी तोकिएकै समयमै नेपाल जाँदै थियौँ तर त्यहाँ सरकार परिवर्तन भएपछि फेरि हामीले आफ्नो प्लान बदल्नुपर्यो ।’
उनले अगाडि भने, ‘हामी यही हप्ता नेपाल जाँदै थियौँ तर ‘रेस ३’ को रिलिज नजिँकिएका कारण हामी त्यसमै लागी पर्यौँ तर हामी छिट्टै नै नेपाल आउनेछौँ ।’ उनले ९० को दशकमा फिल्म ‘बुलन्द’ को छायांकन नेपालमा भएको स्मरण गर्दै त्यहाँका स्थानियहरुसँग घुलमिल हुन आफू निकै आतुर रहेको बताएका छन् ।