Logo

संजयले भने, ‘माधुरीसँग बिहे गर्न चाहन्छु’ !

संजय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ २९ जूनमा रिलिज हुँदैछ । यसमा उनको पर्सनल लाइफसँग जोडिएका कयौं घटनाहरु देखाइएको छ । त्यसो त संजय दत्तको नाम कयौं अभिनेत्रीहरुसँग जोडियो तर माधुरी दीक्षितसँग उनको अफेयर लामो समयसम्म चर्चामा रहेको थियो । हुनत, अहिले यी दुई आ-आफ्नो बैबाहिक जीवनमा खुसी छन् ।
संजय दत्तले गएको वर्ष एक अभिव्यक्ति दिएका थिए, जसले बलिउड तरंगीत बनेको थियो । उनले माधुरी दीक्षितसँग बिहे गर्न चाहेको बताएका थिए ।
खासमा, गएको वर्ष गोवा फेस्टमा संजय दत्तलाई पत्रकारले ‘यदी मौका पाएको खण्डमा कुन बलिउड अभिनेत्रीसँग बिहे गर्न चाहनुहुन्छ ?’ भनेर प्रश्न गरे । उनले भने, ‘के कोहीँ मान्यता दत्तलाई चिन्दछन् ? कोहीँ जान्दैनन् ? म माधुरी दीक्षितसँग बिहे गर्न चाहन्छु ।’
उनको यो बयान निकै चर्चामा रहेको थियो । पछि उनले स्पष्टिकरण दिँदै आफूले मजाक गरेको बताएका थिए । सन् १९९१ मा ‘साजन’ को सुटिङको क्रममा संजय दत्त र माधुरी दीक्षित नजिक भएका थिए ।
उनीहरु विवाह पनि गर्न चाहन्थे । तर, माधुरीका पिता यसको विरुद्धमा थिए । किनकी, संजय त्यसबेला विवाह बन्धनमा बाँधिसकेका थिए र उनको एक छोरी समेत थिइन् ।
१९९३ को बम्बे बम ब्लास्टमा जब संजयको नाम मुछियो तब माधुरी उनीदेखि टाढा भईन् । अलग भएपछि यी दुईले कहिल्यै एकअर्कासँग काम गरेनन् । खबरअनुसार, यी दुई चाँडै करन जौहरको फिल्म ‘कलंक’ मा काम गर्दैछन् ।
संजय दत्त र माधुरी दीक्षितले ‘खतरों के खिलाड़ी’, ‘इलाका’, ‘कानून अपना-अपना’, थानेदार’, ‘साजन’, ‘खलनायक’, ‘साहिबान’, ‘महानता’ जस्ता फिल्ममा सँगै काम गरेका छन् ।

Other News Headlines

प्रतिक्रिया दिनुहोस्