८० बर्षका हलिउड एक्टरमाथि यौन उत्पीडिनको आरोप
एजेन्सी– एक्टर केविन स्पेसीपछि एक अर्का हलिउड एक्टरमाथि यौन उत्पीडिनको आरोप लागेको छ ।समाचारका अनुसार ८० बर्षका मार्गन फ्रीमैनमाथि आठ महिलाले शारिरीक शोषणको आरोप लगाएका छन् ।सीएनएनले ती १६ महिलासँग कुरा गरेको छ, जसले मार्गनसँग काम गरेका थिए ।यी मध्ये आठले आरोप लगाएका छन कि कामको बेला उनीहरुलाई गलत तरिकाले छोए र शरीर र कपडाका विषयमा भद्दा मजाक गरे । मार्गनले द शाँशांक रिडेम्पसन, बैटमैन ट्राइलोजी, इक्निवक्टसजस्ता फिल्ममा काम गरेका छन् ।