विदेशबाट सुन र मदिरा ल्याउँदा अब निकै अप्ठ्यारो हुने, झोलामा रक्सी भेटे झेल्नुपर्नेछ यस्तो अप्ठ्यारो झन्जट
ओली सरकारले विदेशबाट फर्कदा मदिरा ल्याउन नपाइने नयाँ नियम लागू गरेको छ । यसअघि १ लिटरसम्म मदिरा ल्याउन पाइने प्रावधान भएपनि सरकारले बजेटमार्फत व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मदिरा ल्याउन नपाउने नियम लागू गरेको हो। सो सुविधाले मदिरा तस्करी बढेको भन्दै यस्तो नियम लगाएको हो। मदिरा ल्याउन निषेध गर्दा करिब एक अर्ब राजश्व बढ्ने सरकारको अनुमान छ । कसैले ल्याएमा त्यो भन्सारले जफत गर्ने ओली सरकारले तयारी रहेको छ ।
भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाका अनुसार बजेटसँगै आएको अर्थ बिधेयकले विदेशबाट मदिरा ल्याउन निषेध गरेको हो। कसैले ल्याएमा त्यो भन्सारले जफत गर्ने उनले बताए। जेठ १५ गतेदेखि नै सो नियम लागू भइसकेको छ। मदिरा निषेध गरेपनि ६ केजीसम्म खानेकुरा ल्याउन पाइने प्रावधान भने यथावत् राखिएको छ। विगतमा ५० ग्रामसम्म सुन ल्याउन पाइनेमा अब ५० ग्रासम्मको प्रति १० ग्रामको ५ हजार २ सयका दरले र ५० देखि एक सय ग्रामसम्म प्रति १० ग्रामको ६ हजार २ सयका दरले भन्सार तिर्नुपर्ने भएपछि अब विदेशबाट फर्किनेहरुले सुन ल्इाउन के गर्लान् त भन्ने प्रश्न अहम बनेर देखिएको छ ।