कतारमा बसेर भिसा तस्करी गरी नेपाली दाजुभाइ नै डुबाउने ठग नेपाली परे कतारकै जेलमा
भिसा तस्करीको अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक बर्ष जेल र २० हजार रियल (६ लाख रुपैयाँ) जरिवाना सुनाएको छ ।
अदालतले तवरेज आलमलाई आउँदो फेब्रुअरी १४ सम्मको जेल सजाय सुनाएको नेपाली दूतावासले जनाएको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।
कतार सरकारले कामदारसँग भिसा शुल्क लिनु र कामदारलाई झुक्याएर ल्याउनु गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ । पछिल्लो समय दलालले कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर आजाद भिसाको नाममा कामदारमाथि चरम शोषण गरिरहेका छन् ।