आफैंले चलाएको जीपले किचेर चालकको मृत्यु
काठमाडौं – काठमाडौंको खिचापोखरीमा आफैंले चलाएको जीपले किच्दा चालकको ज्यान गएको छ । बा ७ च २४१३ नम्बरको जीपका चालक ललितपुर इमाडोलका ३० वर्षिय विनोद डंगोलको ज्यान गएको हो । खिचापोखरीमा उकालो सडकमा जीप रोकेर ओर्लिएका डंगोललाई त्यहि जीपले गुडेर किचेको थियो । सोमबार राती भएको दुर्घटनामा गम्भीर घाइते भएका डंगोलको उपचारका क्रममा शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।