कस्तो चल्यो “अमेरिका बोइज” ,मिल्यो त दर्शकको साथ ?
काठमाडौँ । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘अमेरिका बोइज’ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । शुक्रबार र शनिबार चलचित्रले राम्रो व्यापार पनि गरेको छ । यहि शुक्रबार अरु दुई नेपाली चलचित्र “हरी” र “बेबी आईलवयु”चलचित्रका साथै बलिउड चलचित्र पनि हलमा लागेका छन् । जतिनै अरु चलचित्रलागे पनि ब्यापारमा सबै भन्दा अगाडि चलचित्र ‘अमेरिका बोइज’नै रहेको छ ।
चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन । चलचित्रमा अर्पण थापा, अभय बराल, आशिष प्रसाइको वरिपरी घुमेको छ । चलचित्रले शनिबार सिंगल र मल्टिप्लेक्स हलमा राम्रो कमाई गरेको छ ।
चलचित्रको हल रिपोर्ट वुझ्नका लागि यसका कलाकार शनिबार केही हलमा पुगेका थिए । दर्शकले दिएको प्रतिक्रियाबाट आफूहरु खुशी भएको उनिहरुले बताएका छन् ।
प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा यो चलचित्र बनेको हो । चलचित्रको ब्यापार साथै शो बढ्न सक्ने मा निर्माण टिम ढुक्क छ ।
हल संचालकहरुले पनि अरु चलचित्रले भन्दा अमेरिका बोइज’लेब्यापार राम्रो गरेको बताएका छन् । चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्कीको पनि मुख्य भूमिका छ ।