अनमोलको नयाँ फिल्मको नाम ‘ब्याचलर बन्टी’
काठमाडौँ । निर्देशक मिलन चाम्सले निर्देशन गर्ने आगामी चलचित्रको नाम ‘ब्याचलर बन्टी’ राखिएको छ ।यसमा मुख्य भूमिकामा युवास्टार अनमोल केसी फाइनल भैसकेका छन् । भने, हिरोइनको खोजी कार्य जारी छ ।
प्रदीप भारद्वाजले लेखन रहने चलचित्रको नाम आइतबार चलचित्र विकास बोर्डमा दर्ता पनि गरिएको छ । प्रेमकथामा बन्ने चलचित्रलाई यहिँ वर्षको फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ ।
चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्ने सिनेमाका अन्य कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् ।