Logo

महिलाको शव फेला

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आइतबार एक महिलाको शव फेला परेको छ।हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ।शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्