डिनर डेटमा प्रियंका
‘क्वान्टिको’ गर्ल प्रियंका चोपडा अहिले बलिउडदेखि हलिउडसम्म चर्चामा छिन् । उनी यसपटक अमेरिकी गायक तथा अभिनेता निक जोनसका साथ बढेको निकटताका कारण थप चर्चामा छिन् ।केही दिनदेखि यी दुई कलाकारको अफेयरको खबर चर्चामा छ । अफेयर चर्चाका बीच उनीहरू डिनर डेटमा गएका छन् । उनीहरू लस एन्जलसमा सँगै देखिएका थिए ।उनीहरूको डिनर डेटबारे भारतीय तथा पश्चिमी सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन् ।उनीहरू योभन्दा पहिले २०१७ मा पनि रेड कार्पेटमा सँगै देखिएका थिए । त्यसवेला उनीहरूको सम्बन्धलाई लिएर मिडियाले सोधेको प्रश्नमा प्रियंकाले मजाक गरेर टारिदिएकी थिइन् ।