सलमानक भाई अरबाज पक्राउ !
एजेन्सी । बलिउड नायक सलमान खानका भाई तथा फिल्म निर्माता अरबाज खान पक्राउ परेका छन्। आइपीएलको सट्टेबाजी प्रकरणमा मुछिएका अरवाजलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयलागीएको हो ।
शुक्रबार बिहान अरबाजको बान्द्रास्थित निवासमा प्रहरीले नोटिस पठाए पछि उनी बयान दिन मुम्वइस्थित ठाने प्रहरी कार्यालय पुगेका थिए। सो नोटिसमा मुम्बईका सट्टेबाजहरुको र्याकेटमा अरवाज पनि सम्वन्धित देखिएको उल्लेख गरिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार अरवाजले भारतका सबैभन्दा कुख्यात सट्टेबाज सोनु जलान मार्फत पैसा लगाएको प्रहरीको आशंका छ। सोहि प्रकरणमा उनलाई प्रहरीले सोधपुछ गरेको हो।