गाई मारेको अभियोगमा १२ वर्षको कैद
भूमिकास्थान नगरपालिका वडा नम्बर–२, मा गाईको हत्या गर्ने एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ ।भाटेपोखरा निवासी यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो । स्थानिय छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका अभियोगमा ज्ञद्द वर्ष कैद सुनाइएको हो ।
मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम खत्रीलाई कारबाही गरिएको हो । खत्रीलाई अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले १२ वर्ष कैदको फैसला गरेको अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानाकारी दिनुभयो ।