सुन तस्करीका अर्का अभियुक्त छिरिङ वाङ्गेलले गरे आत्मसमर्पण
३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।घलेको जिल्ला अदालतमा बयान सुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहस हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।छिरिङ नातामा ३३ किलो सुन तस्करी प्रकरण अर्का अभियुक्त भुजुङ गुरुङका साला पर्दछन् ।
यसअघि, गएको बिहीबार निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । जिल्ला प्रहरी कार्यालयले गएको वैशाख १९ गते सुन तस्करी, सनम शाक्यको हत्या र सांगठनिक रुपमा अपराधिक समूह सञ्चालन गरेको अभियोगमा घलेसहित ६३ जनामाथि मुद्दा दर्ता गरेको थियो ।