Logo

नीलकण्ठ क्याम्पसमा तोडफोड

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा तोडफोड भएको छ।पाँच जनाको अपरिचित समूहले सोमबार बिहान तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ। तोडफोडबाट क्याम्पसको लेखा शाखामा रहेको कम्प्यूटर, प्रिन्टर फुटेको छ भने झ्यालका सिसाहरु समेत फुटेका छन्। बन्दमा क्याम्पस चलाएको भन्दै कम्प्यूटर र प्रिन्टरमा क्षति गरेको छ।

तोडफोड गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।विभिन्न तीन विप्लव, बैध र बाबुराम भट्टराई नेतृत्वको पार्टीका भातृ विद्यार्थी संगठनहरुले आह्वान गरेको शैक्षिक हड्तालका कारण पठनपाठन प्रभावित बनेको छ। पेट्रोलियम पदार्थ मूल्यबृद्धी फिर्ता लिनुपर्ने लगायतका माग राखी शैक्षिक संस्था बन्दको आह्वान गरेका छन्।

नागरिक न्युजबाट 

[youtube https://www.youtube.com/watch?v=Lhl5sd4K1u4]

 

प्रतिक्रिया दिनुहोस्