कृषिमन्त्री चक्रपाणि खनालको कालिमाटी तरकारी बजारमा छड्के अनुगमन
कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको छड्के अनुगमन गरेका छन् । मन्त्री खनालले सोमबार बिहान कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित पुगेर तरकारी बजारको अनुगमन गरेका हुन् । मन्त्री खनालले कालीमाटी तरकारी बजारभित्र राखिएका माछा पसलले फोहोर र दुर्गन्ध फैलाएकाले त्यसलाई हटाएर अन्यत्र व्यवस्थापन गर्ने बताए ।
[youtube https://www.youtube.com/watch?v=zVCOOyCdObM]