बलिउडका बिग”बि” अर्थात अमिताभ र जयाको ४५औँ एनिभर्सरी
बलिउडका ‘शहंशाह’ भनेर परिचित अमिताभ बच्चन र जया बच्चनले विवाहको ४५औँ वर्षगाँठ मनाएका छन् ।३ जुनका दिन बच्चन दम्पतीको विवाह वर्षगाँठलाई परिवारमा खास दिनको रूपमा मनाइएको छ । अमिताभ र जयाको जोडीलाई बलिउडमा आदर्श जोडीका रूपमा लिइन्छ ।फिल्मी दुनियामा वैवाहिक सम्बन्ध टुक्रिनुलाई सामान्य रूपमा लिइन थालेका वेला बच्चन दम्पतीले ४५औँ विवाह वर्षगाँठ मनाउनुलाई एक–अर्काप्रतिको समर्पणको सन्देशका रूपमा लिइएको छ ।
बलिउडको तामझाम र रंगिन दुनियाले विवाहजस्तो सम्बन्धलाई खेल सम्झिन थालेको वेला बच्चन दम्पतीको सम्बन्धले अटुट सम्बन्धमा विश्वास जगाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।विवाहको वर्षगाँठका अवसरमा अमिताभ र जयालाई बलिउडका चिरपरिचित कलाकारले बधाई दिएका छन् । अमिताभले जयासँग लिएको पुरानो तस्बिर सेयर गर्दै सबैप्रति आभार व्यक्त गरेका छन् । अमिताभ र जया केही वर्षको लभ रिलेसनसिपपछि ३ जुन १९७३ मा विवाह बन्धनमा बाँधिएका थिए ।
[youtube https://www.youtube.com/watch?v=VSsEA4e3_DQ]