Logo

रणवीरले चुरोट छाड्न केके गरे ?

अभिनेता रणवीर कपुर अचेल आफ्नो नयाँ फिल्म ‘सन्जु’को प्रमोसनमा निकै खटिएका छन् । सोही क्रममा उनले आफ्नो जीवनको एउटा निकै खराब लतबारे पत्रकारसामु खुलासा गरेका छन ।उनले आफू १५ वर्षको उमेरमै चुरोटको लतमा फसेको र त्यसबाट छुटकारा पाउन विदेश गएरसमेत उपचार गरेको बताएका छन् ।भारतीय मिडियाका अनुसार रणवीरले चुरोटको लत हटाउन अस्ट्रिया गएर उपचार गर्नुपरेको थियो । त्यतिवेला डाक्टरले उनको कानमा इन्जेक्सन लगाएका थिए । चार महिनाको निरन्तर उपचारपछि उनले केही समय चुरोट छाडेका थिए ।

तर, पछिल्लो एक महिनायता आफूले फेरि चुरोट पिउन थालेको बताएका छन् । चुरोटको लत छाड्न उनले इलेक्ट्रिक सिगरेटको समेत प्रयोग गरेको बताए । तर, त्यसले पनि आफ्नो बानी नहटाएको उनी बताउँछन् ।अचेल भने पहिलाको भन्दा निकै कम मात्रामा चुरोट तान्ने गरेको बताउने रणवीर फेरि यो बानीमा परिणत हुन्छ कि भन्ने त्रासमा छन् । उनी प्रायः प्रेमपीडाको तनावका कारण कुलतमा फस्ने गरेको बताइन्छ ।सिनियर अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सन्जु’को ट्रेलर सार्वजनिक भएपछि रणवीरको चर्चा चुलिएको छ । राजकुमार हिरानी निर्देशित सन्जुमा रणवीर सञ्जयको भूमिकामा छन् ।सन्जुको टेलरले केही दिनमै करोडौं भ्यु पाइसकेको छ । जुन २९ मा प्रदर्शन हुने फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् ।

[youtube https://www.youtube.com/watch?v=VSsEA4e3_DQ]

 

प्रतिक्रिया दिनुहोस्