‘हस्तमैथुन’ को दृश्यमा आपत्ति जनाउनेहरुलाई स्वराले दिइन् यस्तो जवाफ
बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पटक पुनः मानिसहरुले सोसल मिडियामा ट्रोल गरिरहेका छन् । हालै रिलिज भएको फिल्म ‘वीरे दी वेडिङ’ को एक दृश्यका कारण मानिसहरुले उनलाई निशाना बनाइरहेका छन् ।वास्तवमा, फिल्ममा स्वरा भास्करलाई एक दृश्यमा हस्तमैथुन गरिरहेको देखाइएको छ । उक्त दृश्यका कारण ट्वीटरमा आपत्तिजनक शब्दको पनि प्रयोग गरिएको छ ।
फिल्ममा स्वराको भूमिकालाई केही मानिसहरुले भिन्न र महिला सशक्तिकरणसँग पनि जोडिरहेका छन् । स्वराले यसमा आपत्ति जनाएका मानिसहरुलाई ‘स्पोन्सर्ड’ को संज्ञा दिएकी छिन् ।ट्वीटरमा आरती अग्रवाल नामकी प्रयोगकर्ताले फिल्मको उक्त दृश्यलाई सफ्ट पोर्न बताएकी छिन् ।
उनले लेखिन्, ‘स्वरा भास्करको सफ्ट पोर्न हलिउडबाट कपी गरिएको हो तर यसलाई भारतमा प्रतिबन्ध लगाइएन…’
ओभरस्मार्टमी नामको ट्वीटर ह्यान्डलले लेखे, ‘स्वरा भास्करको हस्तमैथुनको दृश्य बोल्ड छ तर उदाहरणीय छैन । यस्तो गर्नु फेमिनिजमलाई ठेस पुर्याउनु जस्तै हो । स्क्रिनमा कुनै पुरुषलाई यस्तो गरिरहेको हेर्न कसैलाई मन पर्दैन । यदि यो फेमिनिजम हो भने पोर्न इन्डष्ट्रिमा पहिले नै थुप्रै फेमिनिस्ट उदाहरण पेश गरिसकिएको छ ।’
केही प्रयोगकर्ताले लेखे, ‘स्वरा भास्कर, मैले हजुरआमासँग यो फिल्म हेरें । हस्तमैथुनको दृश्य आएपछि हामीले अप्ठेरो महसुस गर्यौं । बाहिर निस्कने बित्तिकै हजुरआमाले भन्नुभयो, ‘म हिन्दुस्तान हुँ र म फिल्मका लागि म लज्जित छु ।’’
यसमा स्वरा भास्करले लेखिन्, ‘कुनै आइटी सेलले या त फिल्मको टिकट स्पोन्सरले गरेको देखिन्छ या ट्वीट ।’
फिल्म वीरे दी वेडिङमा स्वराका साथै करिना कपुर, सोनम कपूर र शिखा तलसानिया पनि छन् । फिल्म चार महिलामा आधारित छ जो आफ्नो जीवन आफ्नै मर्जीले बाँच्न चाहन्छन् ।
एजेन्सी
[youtube https://www.youtube.com/watch?v=bcZC1ZHSltc]