Logo

सेल्फी खिच्दा सर्वत्र आलोचित

उत्तरी इटालीमा रेलको ठक्करबाट घाइते भएकी एक महिलाको उद्दार गर्दै गर्दा सेल्फी लिएका एक पुरुष विश्वभर आलोचित भएका छन्। एक क्यानाडेली महिलालाई रेलले स्टेसनबाट छुट्ने क्रममा ठक्कर दिएको थियो।दुर्घटना पश्चात वरपरका यात्रु र सुरक्षाकर्मीहरू उद्धारमा खटिएका थिए भने ति पुरुष आफ्ना औलाले अंग्रेजी भी बनाउँदै सेल्फी खिचेका थिए। दुई औला देखाएर भी बनाउनुको अर्थ भिक्ट्री अर्थात विजय भन्ने हुन्छ। उनको तस्बिर अन्य पत्रकारहरूले खिचेपछि भाइरल बनेको हो।

घटना लगत्तै प्रहरीले उनको मोबाइलबाट सेल्फी मेटाएतापनि पत्रकारले लिएको तस्बिर सर्वत्र चर्चित भएको हो। उक्त तस्बिर सामाजिक संजालमा मात्र नभइ इटालीका दर्जन बढी पत्रिकाको पहिलो पृष्ठमा छापिएको थियो।स्थानीय प्रहरीले ति युवकलाई केही समय नियन्त्रणमा लिएर अपराध नभएको भन्दै छोडेको एजेन्सीले बताएको छ। घनापछि स्थानीयले मानिसमा नैतिकता हराउन थालेको भन्दै आलोचना गरेका छन्।


प्रतिक्रिया दिनुहोस्