Logo

सर्वाधिक खोजिने सूचीको पहिलो नम्बर प्रियंका चोपडा

एजेन्सी – बलिउड हुँदै हलिउडमा समेत चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जाल फेसबुकमा सबै भन्दा बढी खोजिने फिमेल सिनेकर्मीको सूचीको पहिलो नम्बरमा परेकी छिन् ।एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यवसायिक रूपमा सफल फिल्म दिने नायिकाको रुपमा परिचित उनी स्कोर ट्रेन्डर्स इंडियाले गरेको सर्वेक्षणको सूचीको पहिलो नम्बरमा परेकी हुन् ।

हरेक वर्ष स्कोर ट्रेन्डर्स इंडियाले फेसबुकमा धेरै खोजिने सिनेकर्मीको सूची प्रकाशित गर्ने गर्दछ । यसपट फेसबुकमा सबै भन्दा धेरै खोजिने फिमेल सिनेकर्मी अभिनेत्रीमा प्रियंका परेकी हुन् ।उनी बलिउडमा मस्ट इङगेजीङ्ग सिनेकर्मी मध्य पहिलो स्थानमा परेकी हुन् ।स्कोर ट्रेन्डर्सका सहसंस्थापक अश्वनी कौलले यो हप्ता प्रियंकाको फेसबुकको अफिसियल पेजमा फ्लोअर्स १०० प्रतिशतनै इङगेज भएको जानकारी दिए ।त्यसै गरी ९६ प्रतिशतका साथ दोस्रो स्थानमा दीपिका पादुकोण, तेस्रो स्थानमा माधुरी दीक्षित (६२ प्रतिशत) र चौथो र पाँचौँ स्थानमा सन्नी लियोनी र कैट्रिना कैफ मस्ट इङगेजीङ्गमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्