Logo

ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

ओरेण्टल सहकारी संस्था लगायत विभिन्न कम्पनीका नाममा एक अर्ब ६० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका सहकारीकर्मी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।सहकारीको निक्षेप ठगी आरोपमा २०७३ पुस १३ गते ललितपुरको धापासीमा रहेको एक घरबाट पक्राउ परेका बस्नेत डिल्ली बजार सदरखोरमा सजाय भोगिरहेका थिए ।यसअघि काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवाना र त्यस्तै प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । यस्तै भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र ८४  हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधिश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्धामा ७ लाख, गंगालाल खयरगोलीको जोहीको मुद्धामा ५ लाख र न्यायाधिस मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्धामा ५० हजार रुपैयाँ माग गरिएको थियो ।बस्नेतले धरौटी रकम बुझाएपछि तारेकमा रिहा भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । बस्नेतको भक्तपुर जिल्ला अदालत, काठमाडौ, स्याङ्जा र उच्च अदालत पाटनमा दर्जनभन्दा बढी मुद्धा रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्