Logo

बलिउडमा अनमोलको इन्ट्री पक्का

 

काठमाडौँ  । नेपाली युवास्टार अनमोल केसी पछिल्लो समय चर्चामा रहेका छन् । महँगो पारिश्रमिकमा लगातार दुई चलचित्रमा अनुबन्धित भएपछि चर्चामा आएका अनमोलको चर्चा थप चुलिएको छ । अनमोलले बलिउडमा इन्ट्री मारेका छन् । उनले निर्माता कम्पनी वर्ल्डवाइड रेकर्ड्सँग सम्झौता गरेका छन् र यो समाचार भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

 

वर्ल्डवाइड रेकर्ड् भारतको चर्चित म्युजिक कम्पनि रहेको छ । भारतीय संचारमाध्यममा उल्लेख भएको समाचार अनमोल स्वयमले शेयर गरेका छन् । चलचित्रको चाडै नै औपचारीक घोषणा गरिने चर्चा रहेको छ । मनोज चरुपमाको लेखन तथा निर्देशन रहने चलचित्र नेपाल र भारत सहित विश्वका ७४ देशमा रिलिज हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्