बलिउड चलचित्र ‘सञ्जु’मा यस्तो छ मनिषा कोईरालाको लूक
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक सञ्जु यही जून २९ तारिखमा प्रदर्शनको तयारीमा छ ।यस फिल्ममा अभिनेत्री मनिषा कोईराला सञ्जयकी आमा अभिनेत्री नरगिसको भूमिकामा छिन् । बुधबार मनिषा कोईरालासहितको ब्ल्याक एण्ड ह्वाइट पोस्टर सार्वजनिक गरिएको छ । जसमा मनिषा कोइराला नरगिस दत्त जस्तै देखिएकी छिन् ।
Feeling blessed and honored to play the role of Nargis ji in #Sanju ?
Watch the movie on 29th June. #RanbirKapoor #RajkumarHiraniFilms @rajkumarhirani @VVCFilms @foxstarhindi pic.twitter.com/nRfFXzDI9G— Manisha Koirala (@mkoirala) June 6, 2018
अभिनेत्री कोईरालाले ट्वीट गर्दै अाफूले फिल्ममा नरगिसकाे भूमिका निर्वाह गर्न पाएकाेमा गाैरवान्वित भएकाे बताएकी छिन् ।फिल्म ‘सञ्जु’ मा अभिनेता रणवीर कपूर सञ्जय दत्तको भूमिकामा छन् । सञ्जयकी प्रेमिका टिना मुनिमको भूमिकामा अभिनेत्री सोनम कपूर र सञ्जयका पिता सुनिल दत्तको भूमिकामा परेश रावल छन् ।
यसैगरी अभिनेत्री दिया मिर्जा सञ्जयकी श्रीमती मान्यता दत्तको भूमिकामा छिन् भने अनुष्का शर्मा लेखकको भूमिकामा देखिंदैछिन् ।केहीदिन अघि फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । जसमा सञ्जय दत्तको भूमिकामा रहेका रणवीर कपूरको अभिनयको निक्कै नै चर्चा भयो भने फिल्मका डायलगहरुलाई पनि त्यतिकै दमदार रुचाइयो । राज कुमार हिरानीले निर्देशन गरेको फिल्म ‘सञ्जु’ मा अभिनेता सञ्जय दत्तको जिन्दगीका फरक फरक रंगहरुलाई पर्दामा देखाइनेछ ।