पूर्व प्रेमी रणवीर कपूरका कारण विवाह गर्न सकिरहेकी छैनन् दीपिका
खबर अनुसार रणवीर सिंह दीपिकाका साथ विवाह गर्न तयार छन् । दीपिका पनि पे्रमी रणवीरका साथ विवाह गर्न उत्साहित छिन् । तर उनी विवाह गरिहाल्न भने डराइरहेकी छिन् । साथै दीपिका विवाहका विषयमा कुनै पनि प्रतिकृया दिन समेत दिक्क मानिरहेकी छिन् ।दीपिका पूर्वप्रेमी रणवीर कपूरबाट धोका पाएपछि अरुलाई विश्वास गरिहाल्न सकिरहेकी छैनन् । बलिउडमा करिअर सुरु गरेसँगै रणवीरसँगको गहिरोप्रेममा परेकी दीपिका ब्रेकअपपछि उनी नराम्रोसँग टुटिसकेकी छिन् । यही कारण दीपिका विवाहको विषयलाई लिएर अझै हिचकिचाइरहेकी छिन् ।
खबर अनुसार एक समयमा दीपिका आफ्नो करिअरलाई छोडेर रणवीर कपूरका साथ विवाह गरेर घरजम गर्न चाहन्थिन् । तर दीपिका र रणवीर बीचको प्रेम सम्बन्ध अगाडि बढ्न सकेन । जसका कारण दुवैले एकअर्कासँग छुट्टिनु पर्यो । सम्बन्ध टुटेपछि अभिनेता रणवीर कपूर कट्रिना कैफको प्रेममा डुबे उता दीपिकालाई भने यसले ठूलै झड्का लाग्यो । दीपिकालाई विछोडको पीडा बिर्सन लामो समय लाग्यो । एक पटक प्रेममा धोका पाइसकेकी दीपिकालाई त्यसै कुराको डरले अहिले विवाह गर्ने निर्णय लिन डराइरहेकी छिन् ।