इलाम चैत्र १७ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगकाे अन्तरक्रिया स्थानीले राखेका गुनासाे/ समस्या – सीमा क्षेत्रमा रहेका चाैकीका भवन जीर्ण, BOP संख्या र जनशक्तिकाे अभाव। सीमा क्षेत्रका नागरिक भारतीय बजारमा आश्रित हुनुपर्ने। तर, एक बाेरा चामल र एक केजी चिनी ल्याउन
काठामाडौं, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ । रास्वपाबाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भैसकेको छ । पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बुलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो।
इलाम १७ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचन तयारीबारे जानकारी लिनुभएकाे छ। इलाम रहनुभएका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिनुभएकाे हाे। एउटै निर्वाचन क्षेत्रमा हुने
काठमाडौं, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असन्न उपनिर्वाचमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि रास्वपाले सार्वजनिक गरेको ६ जनाको नाम मध्ये लिम्बुलाई सर्वसम्मत उम्मेदवार बनाइएको हो । लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । पछिल्लो पटक रास्वपाले उनीसँग संवाद बढाउँदै गएको
काठमाडौं,१५ चैत । आसन्न उपनिर्वाचनका लागि इलाम २ मा राप्रपाले उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाको आज बसेको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई इलाम २ को टिकट दिने निर्णय गरेको हो । यसअघि इलाम जिल्ला कमिटीले गुरुङसहित ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका
काठमाडौं,११ माघ । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । राष्ट्रियसभा निर्वाचनअन्तरगत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान भइरहेको छ । यसअघि काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान
काठमाडौं, ९ भदौ । हिन्दुवादीहरूले गौहत्याको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धरानतर्फ गइरहेको र्यालीलाई प्रहरीले विर्तामोडको चारपानेमा रोकेको छ । ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रहरीले रोकेपछि ‘गौहत्या बन्द गर, गौहिंस्रकलाई कारबारी गर, गौमाताको जय होस्’ लगायतका नाराबाजीसहित प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा हिजो
८ भदौ, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि धारिलो हतियार प्रहार गरेका हुन् । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार
भद्रपुरस्थित झापा जिल्ला कारागारमा आन्दोलित बनेका कैदीबन्दी साम्य बनेका छन्। शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत
आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जीवन बिताइरहेका सुनसरी इटहरीका लालबहादुर विश्वकर्मा बुधबार जेलमुक्त भएका छन्। उनले मंगलबार ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट सफाइ पाएका थिए। मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश