चितवनमा अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको क्रममा छ । जनस्तरमा सहयोग जुटाएर बनाउन लागिएको रंगशालाका लागि भरखरै नौ दिने धनधान्याचल महायज्ञ लगाइयो । आयोजकको अपेक्षा थियो, ५० करोड रकम संकलन गर्ने । हिसाबमा ५५ करोड संकलन भयो भनियो ।
तर, ती अधिकांश बोल्ने मात्रै थिए, नगदै ५ करोड मात्रै बुझाइएको छ ।तत्काल उठ्ने सम्भावना भएको रकम थप ३ करोड छ । अरु सबै उठ्न वर्षौं लाग्न सक्छ । रंगशाला बनाउने भनिएको अवधि सुरु गरेको दिनबाट २ वर्ष हो । पैसा भर्खरै चाहिएको छ । तर, हाताहातै रकम आउने सम्भावना कम छ । https://www.youtube.com/watch?v=eN4DkGBc5uA
मूल आयोजक समिति महासचिव दिनेशकुमार चुकेको जानकारीअनुसार रंगशाला निर्माणका लागि नेपाल पोल्ट्री महासंघ, नेपाल एलपी ग्याँस उद्योग, ग्लोबल आइएमई बैंक, गैरआवासीय नेपालीहरुको संस्था चितवन सहयोग समाजले एक–एक करोड दान गरेका छन् ।
व्यवसायी वामदेव गौलीले एक करोडभन्दा बढी मूल्यको जमिन दान गरेका छन् । यी मुख्य सहयोग हुन् । गाउँ–गाउँ, टोल–टोलबाट नगदै उठेका छन् । सामाजिक संघसंस्थाहरुले पनि बुझाएका छन् । ती सबै जोड्दा ५ करोड हुन्छ । अरु भने बोलेका मात्र हुन् । उठाउने अब मूल आयोजक समितिले धेरै नै मेहनत गर्नुपर्नेछ । https://www.youtube.com/watch?v=iAUy-NZO3FI
भरतपुर–१५ स्थित त्रिभुवन विश्वविद्यालयको जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियान सुरु भएको एक वर्षभन्दा बढी भयो । गतवर्षको शहीद दिवसमा काठमाडौंको राष्ट्रिय सभागृहबाट चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको थियो । चार दिनपछि माघ २० गते चितवनमा भव्य कार्यक्रमबीच धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण कार्य सुरुआत भएको घोषणा गर्दै सहयोगको आह्वान गर्यो । धुर्मुस आफैंले डोजर चलाएर निर्माण सुरु गरेको विषय त्यतिखेर निकै चर्चाको विषय बनेको थियो ।https://www.youtube.com/watch?v=4whrGOwubvY
तर, फाउण्डेसनले आशा गरेअनुरुप सहयोग संकलन हुन सकेन । सरकारी निकाय लगभग मौनजस्तै बस्यो । निजी क्षेत्रले पनि खासै चासो दिएन । करिब एक वर्ष मौन बसेका सरकारी निकाय तथा निजी क्षेत्रलाई धनधान्याचल महायज्ञले भने मुख खोल्न बाध्य बनायो । आयोजकले सोचेअनुरुप निजी क्षेत्रबाट भने उल्लेख्य सहयोग आउन सकेन । ५५ कारोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको यस महायज्ञबाट संकलित रकमको अधिकांश हिस्सा सरकारी सहयोगको छ ।https://www.youtube.com/watch?v=4whrGOwubvY
अन्तर्राष्ट्रिय क्रिकेटमा समेत नेपालको राम्रो प्रदर्शन देखिँदै गर्दा स्तरीय मैदानको आवश्यकता खड्किएको थियो । सरकारी लगानीमै स्तरीय रंगशाला निर्माणको अपेक्षा पूरा नभएपछि धुर्मुस–सुन्तली फाउण्डेसनको रंगशाला निर्माण अभियान सुरु भएको थियो ।
तर, बजेटको अभावमा रंगशाला निर्माणको काम अघि बढ्न नसक्ने देखिएपछि धनधान्याचल महायज्ञलाई रकम संकलनको उपयुक्त विकल्पको रुपमा अघि सारिएको थियो । हिन्दू धार्मिक मान्यताअनुसार भागवद् परायण हुने यस्तो महायज्ञमा दान दिँदा पुण्य मिल्छ भन्ने विश्वास गरिन्छ ।https://www.youtube.com/watch?v=HnYUahqh-Rg
सामान्यतया महायज्ञमा सर्वसाधारणले दान दिने प्रचलन देखिन्छ । तर, निर्माणाधीन रंगशालाको हकमा भने महायज्ञमा दान गर्नेको पंक्तिमा सर्वसाधारणभन्दा सरकारी निकाय अघि देखियो । सरकारी निकायहरु विकासको काममा खर्च गर्न पनि धान्याचल महायज्ञको सहारा लिन बाध्य भएका छन् । प्रदेश सरकारदेखि वडा कार्यालयसम्मले धनधान्याचलको अवसरमा दान गरेर पुण्य कमाएका छन् ।
गत जेठ १५ गते स्थानीयबासीले डोजर चलाएर कम्पाउण्ड भत्काएपछि करिब २ महिना रंगशाला निर्माण कार्य अवरुद्ध बनेको थियो । केही महिनायता भने निर्माण कार्य दु्रत गतिमा अघि बढ्दैछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रभित्र रहेको २० विघा ६ कठ्ठा जमिनमा रंगशाला निर्माणको काम भइरहेको छ ।https://www.youtube.com/watch?v=EiqGjt-fu_k
बागमती प्रदेश सरकारले महायज्ञको अवसरमा रंगशाला निर्माणको लागि ३० करोड रुपैयाँ बराबरको दान घोषणा गर्यो । प्रदेश सरकारले रंगशाला निर्माण कार्य चल्दै गर्दा ५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको थियो ।
तर, सोही सहयोगलाई प्रदेश मन्त्री युवराज दुलालले दानमा बदले । महायज्ञ स्थलमा पुगेका मन्त्रीले विगतमा घोषणा गरेको सहयोगको पुनः घोषणा गरेका थिए । लगत्तै मुख्यमन्त्री डोरमणि पौडेलले उक्त रकमलाई बढाएर १५ करोड पुर्याए ।
त्यसको केही दिनमा मूख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले प्रदेश सरकारकै तर्फबाट रंगशालालाई थप १५ करोड दान गर्ने घोषणा गरेका थिए ।https://www.youtube.com/watch?v=Lszy2oGFxQA
गर पनि हौसियोभरतपुर महानगरपालिकाले पनि रंगशालालाई पाँच करोड रुपैयाँ सहयोगको घोषणा गरेको महिनौं बित्यो । महायज्ञको अवसरमा पुनः ६ लाख ७५ दानको घोषणा गर्यो । त्यसैगरी जिल्ला समन्वय समितिले विगतको जिल्ला विकास समितिबाट प्राप्त भएको मौज्दात कोषबाट २ कारोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ तथा जिल्ला समन्वय महासंघले ७७ लाख रुपैयाँ सहयोगको घोषणा गरे ।
चितवन तथा आसपासका केही स्थानीय तहहरुले पनि महायज्ञको अवसरमा दान सहयोग गरे । माडी नगरपालिकाले ३० लाख, रत्ननगर नगरपालिकाले १७ लाख, कालिका नगरपालिकाले १५ लाख ५५ हजार ५ सय ५५, राप्ती नगरपालिकाले १४ लाख ९७ हजार ४ सय ९९, खैरहनी नगरपालिकाले १५ लाख ५ हजार ५ सय ५५, इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दान सहयोग गरे । प्रदेश सांसद् विजय सुवेदीको संयोजकत्वमा रहेको महायज्ञ आयोजक समितिले महानगरका वडा तथा टोल विकास संस्थाहरुका लागि दान सहयोगको लक्ष्य तोकेको थियो ।
नवलपुरको गैंडाकोट नगरपालिकाले एक करोड रुपैयाँ बराबरको काठ दानको घोषणा गर्यो । त्यस्तै मकवानपुरको हेटौंडा महानगरपालिकाले २५ करोड रुपैयाँ र मनहरी गाउँपालिकाले गिटी, ढुंगा दानगर्ने घोषणा गर्यो । सरकारी निकायले गरेका घोषणाहरु आगामि वर्ष तथा त्यसपछिका वर्षका लागि हो ।
दान कि अनुदान – सरकारी निकायहरुबाट करिब ४५ करोड रुपैयाँ दान भित्राएको रंगशालालाई अब दानलाई अनुदानमा बदल्न सकस पर्ने निश्चित देखिन्छ । नेपालको कानूनअनुसार संघीय मन्त्रिपरिषद्को निर्णयबाट अनुदान दिन मिल्ने भए पनि प्रदेश र स्थानीय सरकारले अनुदान स्वीकृत गर्न सक्दैनन् ।
रंगशाला निर्माणको क्रममा प्रदेश सरकार र स्थानीय सरकारले ठूलो परिमाणमा बजेट घोषणा गरे पनि उक्त बजेटलाई निर्माण कार्यमा खर्च गराउन ठूलो सकस पर्ने देखिन्छ । प्रदेश सांसद्समेत रहेका महायज्ञ मूल आयोजक समितिका संयोजक विजय सुवेदी मिलेसम्म अनुदानको रकम भनेर दिनमिल्ने व्यवस्था मिलाउन पहल गरिने बताउँछन् ।
यसो गर्न नमिले सम्बन्धित निकायले उपकरण खरिद गरेर हस्तान्तरण गर्न मिल्छ’, उनले भने, ‘सबैलाई चाहिने संरचना भएका कारण छुट्टाइएको बजेट रंगशालाले प्राप्त गर्ने अपेक्षा छ ।’
प्रतिक्रिया