मोरङमा देवरको खुकुरी प्रहारबाट भाउजूको हत्या

बिराटनगर। मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनामा हस्तक्षेप गर्न पुगेका एक जना पुरुष पनि घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीमाथि उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्भीर चोट लागेपछि सिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले…