मनास्लु वर्ल्ड कलेजद्वारा ‘मनास्लु फुड फेस्टिबल २०२५’ सम्पन्न

काठमाडौं - मनास्लु वर्ल्ड कलेज र मनास्लु हस्पिटालिटी क्लबको सहकार्यमा आयोजना गरिएको ‘मनास्लु फुड फेस्टिबल २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। फुड फेस्टिबल चावहिल चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजको प्राङ्गणमा आयोजना गरिएको थियो। फेस्टिबलमा कलेजको व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरूले आफैं तयार पारेका विविध खानाका परिकारहरू प्रदर्शनीमा राखिएका थिए।…