जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारले नापजाँच भएको करिब ११ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाका अनुसार साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको…