काठमाडौं - एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी ओली गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने बताएका छन् । एमालेको आसन्न महाधिवेशनमा अध्यक्षका लागि ओलीसँगै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका उनले वैधानिक सरकारले बनाएको न्यायिक आयोगमा बयान दिन नजाने कुरा जिम्मेवार पार्टीका अध्यक्षले गर्न नहुने बताए । बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा पोखरेलले आयोग अध्यक्ष…