काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगन थापालाई उनका पूर्वगुरु श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका थापा र उनका विद्यालयकालीन गणित शिक्षक खड्गीले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन्। साढे तीन दशकअघि थापा काठमाडौंस्थित सिद्धार्थ वनस्थली स्कुलमा विद्यार्थी हुँदा खड्गी त्यहाँ माध्यमिक तहमा गणित शिक्षक थिए।…