Logo

प्रदेश ५

तीन दिनसम्म संविधान दिवस मनाउँदै लुम्बिनी सरकार

रुपन्देही– लुम्बिनी प्रदेश सरकारले ‘संविधान दिवस २०८१’ लाई विभिन्न कार्यक्रम सञ्चालन गरेर तीन दिन मनाउने तयारी गरेको छ । दोस्रो संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको हो । यसका लागि मुख्यमन्त्री चेतनारायण आचार्यको

एक वर्ष कैद फैसला भएका लुम्बिनी सभा सांसद केसी एक दिनमै छुटे

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान भएको भोलिपल्टै छुटेका छन् । ३३ वर्ष अघि उनलाई सरकारी कागज किर्ते अभियोगमा अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको अभियोगमा प्रदेश सांसद कारागार चलान

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ मा

रूपन्देही– लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बुधवार बस्ने भएको छ । प्रदेशसभाको आगामी बैठक भदौ २३ गते बस्ने पूर्व जानकारी गराइएको थियो । तर, अन्तिम समयमा आएर बैठकको मिति सारिएको छ । लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक भदौ २६ गते बस्ने तय भएको हो। बैठक दिउँसो

लुम्बिनी प्रदेशमा नाउपा संसदीय दल नेता फेर्ने रेशम पक्षको प्रयास असफल, प्रदेश सभाले दिएन मान्यता

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछि दल नेता फेर्ने निर्णय असफल भएको हो । प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै छन् । दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक,

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता चेतनारायण आचार्य नियुक्त भएका छन् । आज (सोमबार) प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २

मुग्लिन–पोखरा सडकको ५३ किलोमिटर खण्ड कालोपत्रे

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको

गण्डकीका मुख्यमन्त्रीलाई विश्वास मत दिन फ्लोर क्रस गरेका सांसदलाई कारबाही

पोखरा– माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए। सभामुख कृष्ण धितालका अनुसार सोमबारको प्रदेश सभा बैठकमा ५९ जना सांसद

गण्डकीका मुख्यमन्त्रीले मागे एमालेसँग विश्वासको मत

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर उक्त आग्रह गरेका हुन् । नेपालको संविधान र प्रदेश सभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले