Logo

प्रधानमन्त्री के पी ओलीले शिक्षण अस्पताल रोज्नुका कारण ! (हेर्नुहोस भिडियो सहित )

दुई साताअघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण विदेश या नेपालमा भन्ने विषय बहसमै थियो । केही चिकित्सकले उनलाई नेपालमा भन्दा विदेशमै प्रत्यारोपण उपयुक्त हुने सल्लाह दिएका थिए । तर गत आइतबार एकाएक उनको प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै हुने खबर बाहिरियो ।

यो खबर धेरैका लागि अप्रत्याशित थियो । किनकी नेताहरू नेपालमै हुने उपचारका लागि पनि विदेशमा जाने गरेका थिए । त्यसमाथि प्रधानमन्त्री ओलीको यो दोस्रो प्रत्यारोपण थियो र उनीलाई संक्रमणको जोखिम बढी हुने थियो । तै पनि उनले प्रत्यारोपणका त्रिवि शिक्षण अस्पताल नै रोजे ।त्यसबेला हामीले प्राध्यापक डाक्टर अरुण सायमी र प्रेमराज ज्ञवालीलाई सोधेका थियौं, ‘प्रधानमन्त्रीले शिक्षण अस्पतालमै प्रत्यारोपण गर्ने निर्णय गर्नुको कारण के हो त ?’


दुबै डाक्टरले भनेका थिए, ‘प्रधानमन्त्रीको ईच्छालाई सम्बोधन गर्दै हामीले यही प्रत्यारोपण गर्ने तयारी गरेका हौं ।’अन्तत: प्रधानमन्त्री र चिकित्सकहरूको निर्णय सही सावित भएको छ । बुधबार प्रधानमन्त्री ओली प्रत्यारोपण सफल भएको छ र, उनी शिक्षण अस्पतालको पोस्ट अपरेटिभ वार्डमा छन् । प्रत्यारोपण टोलीको नेतृत्व गरेका डाक्टर प्रेमराज ज्ञवालीको अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ । उनी सामान्रय कुराकानी गर्ने अवस्थामा पुगिसकेका छन् ।

प्रत्यारोपण सफल भएपछि हामीले डाक्टर अरुण सायमीलाई फेरि सोध्यौं, ‘प्रधानमन्त्रीले शिक्षण अस्पताललाई नै रोज्नुको कारण के हो ?’
डाक्टर सायमी र डाक्टर ज्ञवालीले प्रधानमन्त्री ओलीले शिक्षण अस्पताललाई विस्वास गर्नुको ४ वटा कारणहरु दिएका छन् ।

पहिलो— चिकित्सकीय टोलीसँगको लामो संगत र आत्मियता
वि सं २०५१ सालमा केपी शर्मा ओली गृहमन्त्री हुँदा डाक्टर सायमी क्याविनेट चिकित्सक थिए । त्यसयता डाक्टर सायमी निरन्तर ओलीको उपचारमा खटिएका छन् । २५ वर्षभन्दा लामो समयदेखि उपचारमा खटिएकाले पनि विस्वास बढेको उनको तर्क छ ।त्यसैगरी सन् २०१३ मा मेन्जाइटिस हुँदा ओली उपचार गराउन शिक्षण अस्पताल पुगेका थिए ।

डाक्टर दिव्या सिंहसँग अस्पतालमै उनको पहिलो पटक भेट भएको थियो । डाक्टर सिहंले त्यतिबेला ओलीलाई ग्राण्डी अस्पतालमा रिफर गरेकी थिइन् । ग्राण्डीमा मेन्जाइटिस ठीक नभएपछि उनलाई सिंगापुर लगिएकाे थियाे । ओलीसँगै डा सिंह पनि सिंगापुर पुगेकी थिइन् ।उनी अहिले प्रधानमन्त्रीको निजी चिकित्सकका रूपमा कार्यरत छिन् र ओलीको स्वास्थ्य नजिकबाट नियालिरहेकी छिन् ।‘डाक्टर दिव्या सिंहको विश्वास र काउन्सिलिङका कारणले पनि प्रधानमन्त्रीले शिक्षण अस्पतालमै प्रत्यारोपण गर्ने ईच्छा देखाएका हुन्’ डाक्टर सायमी भन्छन्, ‘लामो समयदेखि उहाँको उपचारमा खटिएकाले धेरै कुरामा हामी परिचित छौं,

त्यसैले उहाँ हामी दुबैलाई सजिलो हुन्छ ।’१३ मंसिरमा प्रधानमन्त्री ओली आकस्मिक रुपमा मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भए । चिकित्सकहरूका अनुसार जटिल अवस्थामा उनलाई अस्पताल पुर्‍याइएको थियो । लगत्तै एपेण्डिसाइटिसको अपरेशन गरियो । त्यो जटिल अपरेशन सफल भएपछि प्रधानमन्त्री ओलीलाई नेपालको चिकित्सक र अस्पतालप्रति अझ विश्वास भयो ।

त्यसपछि उनी नेपालमै प्रत्यारोपण गर्ने मुडमा पुगे र, चिकित्सकहरुसँग सल्लाह गर्न सुरु गरे । उक्त जटिल अपरेशन गर्ने टोलीको नेतृत्व लिभर, प्यान्क्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले गरेका थिए ।नियमित मुटुको चेकअप मनमोहन सेन्टरमा भइरहेको थियो’, डाक्टर सायमी भन्छन्, ‘गत वर्ष छातीमा इन्फेक्सन हुँदा पनि हामीले सफल उपचार गरेर पठाएका थियौँ, त्यसले पनि उहाँलाई शिक्षण अस्पतालप्रति विश्वास लागेको हो ।’

दोस्रो— प्रत्यारोपण सफलताको दर राम्रो
प्रधानमन्त्री ओलीको प्रत्यारोपण गर्ने टोलीका डाक्टर प्रेमराज ज्ञवालीका अनुसार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको सफलताको दर ९८ दशमलव ७ प्रतिशत छ ।अन्तर्राष्ट्रिय मापदण्डअनुसार ९५ देखि ९७ प्रतिशत प्रत्यारोपण सफल भयो भने त्यसलाई मिर्गौला प्रत्यारोपणको सफलताको आँकडा मानिन्छ । यो हिसाबले शिक्षण अस्पतालमा प्रत्यारोपण सफलताको दर अन्तराष्ट्रिय मापदण्ड भन्दा अब्बल छ ।

त्यसैगरी अस्पतालमा अहिलेसम्म १० वटा दोस्रो प्रत्यारोपण गरिएको मध्ये ८ वटा सफल भएको छ । यो तथ्याकं बुझेका ओलीले त्रिवि शिक्षण अस्पताललाई रोजेको बताउँदै डाक्टर ज्ञवाली भन्छन्, ‘हामी नेपाली चिकित्सकहरु सक्षम छौं, हाम्रो स्वास्थ्य संस्थाहरु सक्षम छन्, सबै उपचारको लागी विदेश जान पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्