होलीको दिन नेपालमा विदेशीको यस्तो के देखियो हेर्नुहोस्


काठमाडौ – प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराई भेगमा भोलि भव्यताका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् । विगत जस्तो रौनक नभएपनि कोरोना भाइरसको त्रासले काठमाडौ, पोखरा लगायतका शहरहरुलाई छेकेन । यहाँ युवा युवतीहरु मज्जाले रमाईरहेका छन् ।

 

होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका द हन गरिन्छ । राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो । काठमाडौँको बसन्तपुरमा सोमबार बिहानैदेखि रङको पर्व होलीमा विभिन्न रङ खेलेर मनाउँदै विदेशी पर्यटकका साथमा स्थानीयवासीहरु झुमिएको देखियो । राजधानीका सडकमा युवा युवतीहरु रमाईलो गर्दैै हिँडिरहेको देखियो ।

स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ । काठमाडौँको ठमेलमा सोमबार बिहानैदेखि रङको पर्व होली मनाउँदै विदेशी पर्यटकहरु खुशी भइरहेको देखियो । फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चिर गा डेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चिर ढा लेर ज लाएपछि समाप्त भएको ठानिन्छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मा र्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मा र्न नसकेपछि हिरण्यकश्यपुले आ गोबाट न ज ल्ने, न मर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आ गोमा ब स्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका ज लेर न ष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो । होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको पाइन्छ । नीलो रङलाई धर्मयु द्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

होलीका सामग्री जोख्दै व्यवसायी : कैलालीको धनगढी उपमहानगरपालिकास्थित एलएन चोकमा होलीका सामग्री बिक्रीका लागि तराजुमा जोख्दै व्यवसायी । तस्वीर : मीन ठकुरी/रासस
टिसर्ट बिक्रीमा कमी कैलालीको अत्तरिया बजारमा होलीमा बिक्रीका लागि राखिएका टिसर्ट । कोराना भाइरसका कारण यो वर्ष टिसर्ट बिक्रीमा कमी आएको व्यापारीहरुको भनाइ छ । तस्वीर : मीन ठकुरी/रासस