विदेशबाट आएका नागरिकलाई क्वारेन्टिनमा राख्नको लागि ५७ होटल छानिएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)ले पठाएको सूचीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्तिम रुप दिएको हो । प्रशासनले तोकेको होटलहरुमा काठमाडौं जिल्लाका ५३ र काठमाडौं बाहिरका ४ सीधा वटा होटल छन् । क्वारेन्टिनका लागि तोकिएको होटलमा ४ वटा चारतारे, ९ वटा तीनतारे, २ वटा दुईतारे, एउटा डिलक्स रिसोर्ट, ६ वटा एकतारे तथा २७ वटा पर्यटक मापदण्डका होटलहरु छन् । पाँचतारे स्ट्यान्डर्डका कुनैपनि होटलहरु यसमा समावेश भएका छैनन् ।
https://www.youtube.com/watch?v=AReQH4moLYM&lc=Ugy-3J1V62PPKsW-yBp4AaABAg
काठमाडौंमा रहेकोमध्ये क्वारेन्टिनका लागि प्रयोगमा होटलमा चारतारे होटल ताहाचलको होटल ग्राण्ड हो । यो होटलमा ७० वटा कोठाहरु छन् । त्यसबाहेक रुपन्देही, मणिग्रामको ड्रिमल्यान्ड होटल र पोखराको स्वीस इन्टरनेशनल होटलमा काठमाडौंबाट सीधा पठाउनेगरी ५०–५० रुमको तयारी गरिएको छ । यी दुवै होटल चारतारे स्ट्यान्डर्डका हुन् । पर्यटक स्तरको भए पनि झम्सिखेलको होटल भिभान्ताले ४ तारे सुविधा दिनसक्ने व्यवस्था गरेको छ ।
त्यस्तै, तीनतारे होटलहरुमा तिलगंगाको एयरपोर्ट होटेल, ठमेलको होटल वैशाली, कुपण्डोलको समिट होटल, ठमेलकै मस्र्याङ्दी होटल ताहाचलको प्लाटिनम होटल, ठमेलको मनाङ होटल,ल्यान्डमार्क होटल, मुनलाइट होटल ठमेल, बुढानीलकण्ठको होटल सब्रिना होटल छन् ।
यी होटलहरुमा कुल ५४९ जना अट्न सक्छन् । त्यस्तै, दुईतारे होटलमा स्तरको दरबारमार्गको होटल ल्यान्डमार्क र कमलपोखरीको कमलमा समेत गरी ५० जना अट्न सक्छ । डिलक्स रिसोर्टको रुपमा रहेको पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा पनि क्वारेन्टाइनका लागि ५० जनाको क्षमता छ ।
https://www.youtube.com/watch?v=AReQH4moLYM&lc=Ugy-3J1V62PPKsW-yBp4AaABAg
त्यस्तै, एकतारे स्ट्यान्डर्डका होटलहरुमा नक्सालको होटल क्राउन प्लाजा, सानोगौचरणहो होटल प्रिन्स प्लाजा, गौशालाको होटल शिवम् प्लाजा, ठमेलको गणेशहिमाल होटल र होटल थोरोङ पिक छन् । यी होटलहरुमा जम्मा १४० जनाको क्षमता रहेको बताइएको छ । त्यसबाहेक, २७ वटा पर्यटक स्तरका होटलहरु समेत तोकिएका छन् । यी होटलहरुमा ९३० जनासम्म अट्नसक्ने क्षमता छ । यसरी सबै प्रकारका होटलहरुमा कुल १८ सय ८९ जनाको लागि क्वारेन्टाइनको व्यवस्थापन हुने भएको छ ।
हानका वरिष्ठ उपाध्यक्ष तथा एयरपोर्ट होटलका प्रबन्ध निर्देशक विनायक शाहले काठमाडौं जिल्ला प्रशासनको पहलमा पहिलो चरणमा यी होटल तोकिएको बताए । दोस्रो चरणमा अन्य जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सम्बन्धित जिल्लाका होटलहरुको सूची पठाउने उनको भनाइ छ । ‘संक्रामक रोग ऐनको व्यवस्था अनुसार यसको नियन्त्रण गर्ने काम सम्बन्धित जिल्ला प्रशासन कार्यालयको हुने रहेछ । असहले हामीले काठमाडौं जिल्लासँग समन्वय गरेर होटलको सूची तय गर्यौं । अरु जिल्लासँगको समन्वयमा अरु होटल थप हुँदै जान्छन्’ शाहले रातोपाटीसँग भने । सरकारले विदेशबाट आएकाहरुलाई काठमाडौं, धुलिखेल, नगरकोट, पोखरा र चितवनमा रहेका होटलहरुलाई क्वारेन्टाइन बनाउने नीति लिएको छ ।
https://www.youtube.com/watch?v=AReQH4moLYM&lc=Ugy-3J1V62PPKsW-yBp4AaABAg
प्रतिक्रिया