Logo

मुक्तीनाथको मन्दिरमा १०८ धारा बनाउनुको र’हस्य खुल्यो! ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस

चोखो मनले एक लाईक गरि सेयर गर्नुहोस भगवान छ्न !एक बाबाले खोले मुक्तिनाथ मन्दिरको रहस्य ! १०८ धारा नै किन ? मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ । मुल मन्दिरभित्रको

एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए ।

भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो ? ११ रोचक तथ्य: पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्। आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई जन्मदेखि मृ’त्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।

१. बागमती जिल्लाको का.म.पा. वडा नं. ८ मा बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको (४,७९२ रोपनी) जग्गामा फैलिएको छ।

२. पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा (UNESCO World Heritage Site) पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

३. यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ, त्यसैले नै यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ, जुन अति सुन्दर खुदी काठबाट बनेका छन्। यस मन्दिरको २ स्तरको छाना सुन र तामाले बनेको छ भने मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ।

४. ‘पशुपतिनाथ’ खासमा भगवान शिवको नाम हो। अनेकौँ ग्रन्थ र वेदहरूमा शिवजीको नाम पनि अनेकौँ उल्लेख गरिएको छ, तर शिवजीको वास्तविक नाम ‘पशुपतिनाथ’ भएको शिवपुराणमा उल्लेख गरिएको छ।

५. पौराणिक कथाअनुसार महाभारतको यु’द्धपछि पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग यु’द्धमा आफन्तहरूको ह’त्या गरेकाले गोत्र ह’त्याको पापबाट मु’क्त हुनको लागि के उपाय गर्नुपर्ला भनेर सोधेका थिए। भगवान शिवको दर्शन गरेपछि मात्रै गोत्र ह’त्याको पापबाट मु’क्त हुन्छ भन्ने कुरा थाहा पाएपछि पाण्डवहरू शिवजीको दर्शन गर्न हिमालयमा गए।

पाण्डवहरू आएको देखेर भगवान शिव भैँसीको रूप धारण गरेर भैँसीको बथानमा लुकेका थिए। पाण्डवहरूले भैँसीरूपी शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैँसीरूपी शिव जमीनमुनि धा’स्सिएका थिए। यसरी शिवजी जमीनमा धा’स्सिएपछि भैँसीरूपी शिवको पुच्छर पाण्डवले स्पर्श गर्दा ‘केदारनाथ’मा केदारनाथ भगवान प्रकट भए भने भैँसीरूपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवानको रूपमा प्र’कट भएका थिए। यसरी पाण्डवहरूले प’शुरूपी शिवको पुच्छर स्पर्श गरेर गोत्र ह’त्याको पापबाट मु’क्त भएका थिए। यसरी पशुको रूप लिएर प्रकट भएको हुनाले नै भगवान शिवलाई ‘पशुपतिनाथ’ भनिन थालिएको हो।

६. श्रीस्वस्थानीमा उल्लेखित एक अर्को कथाका अनुसार भगवान शिवले मृगको रूप लगेर श्लेष्मान्तक वनमा पार्वतीको साथमा वि’हार गरेका थिए। यसैले भगवान शिवलाई ‘पशुपतिनाथ’ भन्न थालियो। अनि के पनि विश्वास गरिन्छ भन्दा हालको पशुपतिनाथको मन्दिरको परिशरबाहिरको वनलाई पहिले श्ले’ष्मान्तक वन भनिन्थ्यो।

७. नेपालकै सबैभन्दा पुरानो मानिने ‘गोपालराज वंशावली’का अनुसार, लिछ्छवी राजा ‘सुपुष्प देव’ले पशुपतिनाथ मन्दिरको निर्माण गरेका थिए।

८. एक अर्को वंशावलीका अनुसार, सुपुष्प देवले पाँच तले पशुपतिनाथ मन्दिरको निर्माण गर्नुभन्दा पहिले त्यस ठाउँमा शिवलिङ्गको आकारको देवालय थियो। समय बित्दै जाँदा यस मन्दिरको मर्मत स’म्भारको काम पनि बढ्दै गएको थियो। त्यसैले नै नेपालका मध्यकालीन राजा ‘शिवदेव’ले पशुपतिनाथको मन्दिरलाई पुनर्निर्माण गरेका थिए। फेरि पछि मल्लकालीन राजाले त्यस मन्दिरमा गजुर लगाइदिएका थिए।

९. पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए। कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे।

यसरी हजारौँ वर्षसम्म पनि का’मधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलि’ङ्ग भेटेका थिए। त्यसपछि उनीहरूले सो शिवलि’ङ्गलाई पुजा गर्दै आएका थिए। त्यसैल स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ।

१०. पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’को मूर्ती रहेको छ। यस मूर्तीलाई नेपालमा ‘कलिको मूर्ती’ भनेर पनि चिनिन्छ। नेपालको पुराना मूर्तीहरूमध्ये यो मूर्ती पनि एक हो। विरुपाक्षलाई भगवान शिवको मानवरूप पनि मानिन्छ। यो मूर्ती जमीनको सतहबाट बिस्तारै माथि सर्दै आइरहेको बताइने गरेको छ। जब यो मूर्ती जमीनबाट पू’र्ण रूपमा माथि आउँदछ, तब यो संसारको अन्त्य हुने विश्वास गरिन्छ। यानिकी कलियुगको अन्त्य हुने विश्वास गरिन्छ। समयको चक्रसँगै कलियुगपछि सत्ययुगमा यो मूर्ती पूर्णरूपमा जमीनमुनि पुरिन्छ र फेरि बिस्तारै बिस्तारै माथि सर्दै प्र’क्रिया दोहोरिने वि’श्वास गरिन्छ।

११. बि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको म’हाभू’कम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव कथत भूतत्व-विज्ञान) को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो। त्यसको २ वर्ष अगाडि पनि म’हाप्र’लयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्