मानिसलाई दुईवटा ठुला शक्तिले निरन्तर रुपमा प्रभाव पारिरहेकाे हुन्छ । पहिलो ब्रह्माण्डीय शक्ति, जसमा ग्रह राशि तथा नक्षत्र हरुको प्रभाव नित्य रुपमा परिरहेको हुन्छ भने अर्काे जमिनबाट आउने भू–चुम्बकीय तरङ्ग ।
यी दुईवटा शक्तिकोबीचमा रहेका हामी मानिसले दैनिक संङ्घर्स गरिरहेका हुन्छौं । कसैलाई थोरै मिहेनत गरे पनि राम्रो परिणाम प्राप्त भईरहेको हुन्छ भने कसैले कडा परिश्रम गर्दा पनि सोचेअनुसार भईरहेको हुँदैन । यदि कर्म मात्रै गरेर सफल हुने हो भने काम गरेका जति सबैजना सुखी तथा आनन्द तरिकाले जीवन बिताउँथे । मानिस सुखी या दुखित् यसको परिणाम उसले गर्ने कर्ममा निर्भर रहन्छ ।
आफूले कस्तो कर्म गरिएको छ, त्यसको फल समयअनुसार भोग्दै जानु पर्दछ । कर्मफलदाता शनि ग्रहकाे बारेमा थुप्रै ग्रन्थहरु लेखिएका छन्, जसमा शनिलाई न्यायाधीशका रुपमा व्याख्या गरिएको छ ।यदी मानिसलाई दुख कष्ट नै परेन भने एकले अर्का लाई कुनै पनि तरिकाबाट साथ र सहयाेग गर्दैनन् त्येसैले पनि शनिलाई दुखकाे कारक ग्रह भनेर पनि भनिएकाे हाे । शनिको न्यायकाे कारक ग्रहपनि हाे । न्यायाधीशको उपाधिका कारणले कहिल्यै पनि शनिले मानिसलाई धोखा दिँदैन, यसर्थ न्यायालयमा कालो कोट र तराजु राखिएको हो, न्यायको लागि ।
शनिले राम्रो तथा नराम्रो कामको परिणाम तुरुन्तै दिने हुनाले मानिसले शनिकोबारेमा धेरै चासो राख्ने गरेको हो । नवग्रहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो । हरेक मानिसले कति दुख कस्ट भोग्नु पर्छ भन्ने शनिको दशाबाट निर्धारण हुन्छ । नवग्रहमध्ये सबैभन्दा ढिला हिड्ने ग्रहका रुपमा शनिलाई लिने गरिएको छ ।
प्रतिक्रिया