Logo

सुत्ने बेलामा जे मागे नि पूरा हुने शक्तिशाली मन्दिरको दर्शन गरि, सबैले शेयर गर्नुहोस्

ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम गोत्रिय चन्दहरूले कुल देवताको रुपमा पूजा गर्दछन् । यो मन्दिर डोटी बोगटानमान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् ।

यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर माडौं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ ।ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् ।

यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ ।

तल्लो वोगटानमा मोहन्याल केदारनाथले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ ।तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ ।

यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो । त्यहाँ बाट खप्तडमा गई माडौसजायर बस्यो । यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध ९मथाउत० चढाउने परम्परा रहेको छ ।

पूजाको दिनमा साजी विहान दुहेको दूध मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।

चाकाकेदार र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत जात्रा र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ । यस दिन यस अन्तरगतका विभिन्न देवताको देउरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ । यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अनिवार्य आउनु पर्ने हुन्छ । पापीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन् ।यहाँ आएकाहरु केदारको आर्शिवाद र प्रसाद लिएर जान्छन् ।

यहाँ नयाँ आएकाहरु यस ठाउँको देवताहरुको लिला देखेर निकै रमाईलो महशुस गर्दछन् । यो स्थानलाई तीर्थस्थल मान्ने गरिन्छ । केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा बैतडी बाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार चन्द ठकुरीहरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ ।

तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी ९नायाँ व्यक्ति० ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउ“न र खान पुग्छ ।यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् ।

यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन् । आगाको चुर बाल्छन् । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ । ठूला केदार र मोहन्यालको सम्बन्ध : मोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् । केदारलाई निकै कठिनाई आइपरेमात्र मोहन्याल केदारमा जाने हुन् । अन्य समयमा केदारलाई केदार अन्तरगतका अन्य देवताले सुरक्षा र सहयोग गर्नु पर्दछ । केदारको जाँतमा केदार अन्तरगतका देवताहरु

साङौडी,सौडीरसौटी देवता : सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् । डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ । ती मोहन्याल लाना केदारमा छन् । तल्लो बोगटान९कत्युरी नरेश को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ । डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् । हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् ।

अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।ठूला केदारको दर्शन र अन्य जानकारी सम्बन्ध : राजादिलिप र रामचन्द्रले पनि यस क्षेत्रमा घुमफेर गरेका थिए । केदारमा कुन्ती महारानी ५ दिनसम्म बसिन त्यहाँ पानी देखिनन् । त्यसैले केदारनाथबाट पानी मागेर छोडी गईन् । आज यो पानी केदारको जाँतमा देवता पूज्ने र खाने भएको छ । भगवान रामचन्द्रले यस केदारका ज्योतिलिङ्गको दर्शन गरेका थिए । यहाँबाट रामचन्द्र रामेश्वर गएका हुन् । यी केदारका ११ औ ज्योतिलिङ्ग मानिन्छन् । हामीले यसको विकास जुनरुपमा गर्नु पर्नेहो त्यो रुपमा गर्न सकेकाछैनौ ।

यहाँ केदारका पाउ खुट्टा को पूजा गर्ने गरिन्छ । काठमाण्डौको पशुपति शिवको “टाउको” हुन् । कुमाऊँ गढवालका केदारनाथ शिवको “ढाँड” हुन् । ठूला केदारमा केदारपक्ष र खापरे पक्षकाहरुको युद्ध गर्दाको रमिता लानाकेदारेश्वरको “गाथ” रहेको स्थानदेखि माथि उत्तर तर्फ केही समथर ठाउँ छ । यस समथर ठाउँमा केदारको जाँत भएको राती डेउडा खेल्छन् । देवताहरुको वयाँल देउरो यसै स्थानको उत्तर पूर्व र पश्चिम दक्षिण तिर रहेको बाटोबाट आउने गर्दछ ।

यहाँ खापरेपक्ष मानिने उपल्लो पूर्सिल गर्खाकाहरुले आप्नो ठाउँबाट काठ ल्याएर खापरे मुसेको माडौ बनाउने र तल्लो पूर्सिल गर्षाको “दवातल सौडी” ले देख्ने वितिकै भत्काई फालिदिने प्रचलन रहेको छ । यदि दवातल सौडी आएन भने त्यो खापरे माडौ केदार अन्तरगतका अन्य देवताले भत्काई फाल्नु पर्ने हुन्छ । यस अवस्थामा यस स्थानमा युद्ध भएको भान पारि केही समय अनौठो दृश्य देखिन्छ ।पहिलेका दिनमा बनाउने र भत्काउनेका बीचमा लठ्ठी हाना–हान कट्याङ्ग, कुटुङ्ग गर्ने गरिन्थ्यो ।

खापरेपक्ष आउँदा एक छिन् जोरतोड हुने गर्दथ्यो भने आजभोलि त्यस्तो गरिदैन । तर खापरमाडौ जसलाई स्थानिय स्तरमा मुसे९खापरे० माडौ भनिन्छ त्यो बनाउने फुर्सिलाहरुले खापरेको माडौ त्यहाँ बनाए पछि तिनीहरुलाई सुःख शान्ति र राम्रो हुने भएका कारण त्यस्तो गर्दछन् भने केदारको स्थानमा खापरेको स्थापना गरिए वैदिक देवगणकाहरुलाई नराम्रो हुने भएका कारण केदार पक्षकाहरु भत्काउने र फालिदिन्छन् ।

मुसे माडौ : अछाम जिल्लाको विनायक गाउँ विकास समिति वार्ड नम्बर २ मा मुसे माडौ छ । त्यहाँ मुसेलाई मष्टो भनिन्छ । जनैपूर्णिमा, अनन्तचर्तुदशी वा मंसिर शुक्ल चर्तुदशीका दिन मुसेमाडौंमा धुमधामसँग मेला लाग्छ । वलि पनि गर्ने गर्दछन् । अनन्ते चर्तुदशी भनेको दाडेमष्टोको तिथि हो । दाडेमष्टोलाई डोटी भेगमा खापरेको नामले पनि सम्वोधन गरिन थालियो । यसैलाई मसे÷मुसे देवता भनियो । तान्त्रीक विधिको मष्टो परम्परा कर्णाली प्रदेशमा प्रसस्त भेटिन्छ ।

कहाँ कहाँ बाट आउँछन यहाँ मेला भर्न : यस केदारको मेलामा लानाकेदारेश्वर तथा धिर्कामाण्डौ गा०वि०स० का मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन । किन भने बिशेष गरी यी दुई गा०वि०स० बाट देवताको देउरो आउछ । बाँकी केदारको वरिपरि रहेका गा०वि०स० हरु क्रमश सिमचौर केदारअखडा कानाचौर चवाराचौतारा सातफरी मान्नाकापडी बर्छैन निरौली गा०वि०स० का मानिसहरु धेरै जसो आउने गर्छन ।

श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढा बाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न आउने गर्दछन । अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढा बाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरुको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्