द गार्डियनले ‘एक्स’ मा आफ्ना सामग्री पोष्ट नगर्ने


काठमाडौं— बेलायती सञ्चारमाध्यम द गार्डियनले सोसल मिडिया प्लाटफर्म ‘एक्स’ मा केही पनि सामग्री पोस्ट नगर्ने भएको छ । गार्डियनको सम्पादकीय टोलीले सामाजिक सञ्जाल ‘एक्स’मा अबदेखि केही पनि पोस्ट नगर्ने जनाएको हो ।

गार्डियनले एक्समा सामग्री पोस्ट नगर्ने बुधबार जानकारी गराउँदै लेखेको छ, ‘हामीलाई लाग्छ अब एक्समा नकारात्मकता धेरै छ । हामीले आफ्नो पत्रकारितालाई अझै प्रवर्द्धन गर्न हाम्रा संसाधनलाई प्रभावकारी ढंगले प्रयोग गर्न सक्छौँ ।’ गार्डियनको सामग्री पाठकहरूले भने पोस्ट गर्न सक्ने जनाइएको छ ।