काठमाडौ- चिनीले मुख्यतः मुखमा पाइने जीवाणु (ब्याक्टेरिया)को वृद्धि गर्ने तथा अम्ल (एसिड) उत्पादन गर्ने क्षमतालाई उत्प्रेरित गर्छ । जसका कारण दाँत सड्ने जस्ता समस्या आउँछन् । जब चिनी पेटमा पुग्छ, यसले पेटको भित्री तह (मुकोसल लाइलिङ)मा जलन उत्पन्न गराउँछ ।
चिनी आजकल धेरैका लागि स्वास्थ्य चिन्ताको विषय बनेको छ । हामीले खाने हरेक खानेकुरामा चिनी केही न केही रुपमा प्रयोग भएको हुन्छ । चिनीलाई मोटोपनको मित्र मानिन्छ । चिनी खाएमा हुने समस्या निम्न छन् । उच्च रक्तचाप चिनीले शरीरको रक्तचाप बढाउन मद्दत गर्छ । उच्च रक्तचाप भए मुटुसम्बन्धी रोग, स्ट्रोक, मृगौला फेललगायत अन्य धेरै रोगले दुःख दिन्छ । उच्च कोलेस्ट्रोल चिनीले नराम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ र राम्रो कोलेस्ट्रोलाई घटाउँछ ।
धेरै कोलेस्ट्रोलले धमनी र रक्तनलीलाई बन्द गरी दिन्छ । जसले हृदयाघात र स्ट्रोकको खतरा बढ्छ । हृदयाघात दिनहुँ चिनीजन्य पेय पदार्थको प्रयोग गरे हृदयाघातको जोखिम बढाउँछ । मष्तिस्कको क्षमतामा ह्रास धेरै चिनीको प्रयोगले मष्तिस्कको कार्यक्षमतामा ह्रास ल्याउँछ । सम्झन र प्रतिक्रिया दिनका लागि हुने प्रक्रियामा चिनीले असर गर्दछ ।
अल्जाइमर र डिमेन्सिया चिनीले दिमागको स्मरण शक्तिसम्बन्धी रसायन उत्पादनमा प्रभाव पार्छ । यो रसायन कम हुँदा अल्जाइमर र डिमेन्सियाको खतरा बढी हुन्छ । डिप्रेसन र एन्जाइटी रगतमा चिनीको मात्रा बढी भएपछि इन्सुलिनले राम्ररी काम गर्न सक्दैन र यसले निराशा र एन्जाइटी पनि निम्त्याउन सक्छ । लत धेरै चिनी खाने बानीले थाहै नपाई चिनीको लत बसाउँछ । छालासम्बन्धी रोग धेरै चिनीको प्रयोगले छिटो छाला चाउरी पर्ने समस्या आउँछ ।
साथै डन्डीफोर निम्त्याउँछ । चिनीरोग शरीरमा चिनीको मात्रा धेरै भयो भने इन्सुलिन सही मात्रामा उत्पादन हुन सक्दैन र चिनीरोग लाग्छ । कम मात्राको चिनी स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । यसले शरीरलाई शक्ति दिन्छ । तर यसको एउटा सिमा हुन्छ । धेरै चिनी भने खानु हुदैँन ।अनुसन्धानमा उपस्तिथ हुन कोरियाको निलम्बित रास्ट्रपतिले गरे अश्विकार
प्रतिक्रिया