काठमाडौं – कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ । अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु अस्पतालको आइसोलेसनमा उपचारत छन् ।आइतबार भर्ना भएका बालकको बुबा दुबईबाट स्वदेश फर्किएको र आज (आइतबार) भर्ना भएका दुई बालकमध्ये एकजनाको चाइनाबाट काका आएको र अर्को एक बालकको कतारबाट बुबा आएका थिए । बालकहरु उनीहरुसँग सम्पर्कमा रहेपछि बालकहरुमा कोरोनाको लक्षण देखिएको डा पौडेलले बताए ।
‘अहिले हाम्रो अस्पतालमा तीन जना बालकहरु आइसोलेसनमा छन्, उनीहरुका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको थियो,’ डा पौडेलले खबरहबसँग भने, ‘ तीनजना मध्ये एकजनाको स्याम्पल हिजो नै प्रयोगशालामा पठाइएको छ, रिपोर्ट आइसकेको छैन, बाँकी दुईजनाको स्याम्पल आज पठाइएको छ ।’
अस्पतालले बालकहरुको बाबुहरुको अवस्थाबारे पनि जानकारी लिने प्रयास गरीहेको जनाएको छ । आइसोलेसनमा भर्ना भएका बालकहरुको उमेर समूह १४ महिना, ४ वर्ष र साढे ४ वर्ष रहेको छ । सरकारले कान्ति बाल अस्पताललाई स्याटेलाइट अस्पतालको रुपमा परिभाषित गरेको छ । सरकारले कोरोना उपचार तथा परीक्षणका लागि तोकिएको अस्पतालभित्र कान्ति अस्पताल छैन । तर अस्पतालले आफैले व्यवस्थापन गरेर आइसोलेसन वार्ड भने सञ्चालन गरेको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना नेपालमा भित्रन नदिन भारतसंगको सिमाना बन्द गर्न सुझाव दिएको छ । चीनवाट सुरु भएको कोरोनाको प्रभाव अहिले १८८ मुलुक सम्म पुगेको छ । नेपालको सिमाना भारतमा पनि कोरोनाको प्रभाव देखिए पछि विश्व स्वास्थ्य संगठनले नेपाललाई यस्तो सुझाव दिएको हो ।
विश्व स्वास्थ्य संगठनल अहिले विश्वमा देखिएको कोरोना नि य न्त्रणको प्रयासमा लागेको छ । चीनको उहान शहरबाट शुरु भएको यो कोरोनाको प्रभाव अहिले युरोप तिर पुगेको छ । चीनमा कोरोनाको सं क्र म ण घट्ने क्रममा रहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको छ।
इटाली, स्पेन लगायत युरोपका सबैजसो देशमा ‘दिन दुगुना रात चौगुनाको दरले’ कोरोना फैलिएको छ। निधन हुनेको संख्या पनि सोही अनुपातमा बढेको बढ्यै छ। बेलायत र अमेरिकामा पनि निधन हुनेको संख्या बढिरहेको छ। यस्तो अवस्थामा रोकथाम र फैलिरहेका राज्यसंग समन्वय गरेर काम गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोसको नेतृत्वमा ‘न्यूक्लियस टिम’ बनेको छ।
सो टिमले नियमित पत्रकार भेटघाट गर्छ। पत्रकार भेटघाटमा नेपालको समेत सन्दर्भ जोडेर गरिएका प्रश्नको सारांश छ–कोरोना भाइरसबाट बाँच्ने उपाय घरमै बस्नु नै हो। नेपाल र अन्तर्राष्ट्रिय स्थितिलाई लिएर भर्खरै गरिएको पत्रकार भेटघाटको सारसंक्षेप।
चीनमा कोरोनाको बारेमा सबैभन्दा पहिला बताउने चिकित्सकको कुरा सरकारले पत्याएन । कोरोनाकै कारण ति चिकित्सकको निधन भइसकेको छ । अहिले सरकारले सो चिकित्सकका परिवारसंग माफी मागेको छ । विश्व स्वास्थ्य संगठनले त्यसको जानकारी पाएलगत्र्त चिनियाँ सरकारसँग समन्वय गरेर तत्काल उहान ‘लक–डाउन’ गर्ने लगायतका रणनीतिक काम गरेका थियो ।
जेनेभाबाट टिम नै गएर राष्ट्रपति सी चिङफिङसँग बसेर रणनीति बनेको हो। तत्कालै ‘लक–लडाउन’ गरेर चीनले आफ्ना सबै उपाय अपनाउनाले आज नि य न्त्रण को अवस्थामा आइपुगेको हो। हामीले ‘पा न्डे मिक’ घोषणा गर्न ढिलो भएर आएको भयावहस्थिति होइन यो।
मानिसलाई कोरोना लाग्यो कि म रि न्छ भन्ने भ्रम छ । तर कोरोना शरीरमा प्रवेश गरेपछि सबैलाई त्यसको लक्षण नदेखिन पनि सक्छ । देखिएका मानिसमा पनि नियन्त्रण भएर जीवन सामान्य पनि हुन्छ। कमजोर स्वास्थ्यस्थिति खासगरी श्वासप्रश्वासका रोगीमा यसले बढी असर गर्ने हो। नेपालमा अहिले सम्म कोरोनाको सं क्र म ण देखिएको छैन । तर सरकारले तयारी भने गरेको छ । प्र ति रोध क्षमता बलियो भएकोले सहयोग गरेको पनि हुनसक्छ। अहिलेसम्म म हा मा री नदेखिनु साह्रै राम्रो कुरा हो तर यसो भन्दैमा ढुक्क हुनु हुँदैन।
तत्कालै भारतसँग जोडिएका सिमा बन्द गर्नुपर्ने विश्व स्वास्थ्य संगयठनको सुझाव छ । भारतवाट नेपाल भित्रनहरुको पनि स्वास्थ्य परीक्षण गरेर १४ दिने क्वारेन्टाइनमा लगिहाल्नुपर्छ। नेपालमा तयारीको अवसर भएकाले त्यसको सदुपयोग गर्न संगठनले आह्वान गरेको छ ।
भोलि सं क्र म ण फैलिहालेको खण्डमा आपतकालीन संरचनातिर ध्यान दिनुपर्छ। हुलमुलमा नजाने, हात नमिलाउने र घरमै बस्ने। राज्य बोलेर मात्र हुँदैन। राज्यको तर्फबाट तयारी हुनैपर्छ। अर्कोतिर जनताले पनि राज्यले भनेको मान्नुपर्छ। सं क्र मि त हुनबाट जोगिने उत्तम उपाय घरमै बस्नु हो। घरमै बस्नुपर्छ। अनि भाइरस नि य न्त्र णमा आउन सक्छ, विश्व स्वास्थ्य संगठनले भनेको छ ।
प्रतिक्रिया