दिपक गिरी/काठमाण्डौं : नेपालको राजधानी काठमाण्डौं । यहाँ हर कोहीलाई जिवन यापन गर्न कठिन भैरहेको हुन्छ । आफ्नो दैनिकी टार्नको लागि हर कोहि मानिस यो नौलो सहरमा संघर्ष गरिरहेका छन्। एक गास खानकै लागि भनेर नै यो घरै घरको सहरमा आफ्नो आफ्नो रहरलाई थाती राखेर कोहि मुजदुरी गरेर आफ्नो छाक टार्छन , कोहि धुलो धुवाँ नभनी मकै पोलेर आफ्नो जिविकोपार्जन गरिरहेका छन्।
यिनै बिराट भीड मध्येका एक पात्र हुन् श्रवन कुमार साह। जिम्म्मेवारिको भारि , थकान शरीर , परिवारको चिन्ताले घरमा खेति गरेर बस्नुपर्ने श्रवनलाई ठेलामा चप्पल हालेर गल्लि र बस्तीमा हिँड्ने बनाइदिएको छ।
उमेरले ५० कटिसकेका श्रवन अहिले परिवार पाल्नकै लागि भनेर राजधानीको गल्लि र बस्ति बस्तीमा ,सानो चार पांग्रे ठेलामा चप्पल व्यपार गर्ने गर्दछन। उनको ४ छोरा , ४ छोरी र २ श्रीमती छन्। एक्लो ज्यानले सिंगो परिवारलाई पाल्न श्रवन घाम, पानी केहि नभनी दिनभरि मेहेनत गर्दछन।
गल्लि र बस्ति धाएर नै उनले काठमाण्डौंमा रहेका उनको आफ्नो श्रीमतीको चाहना , छोरा छोरीहरुको अध्यन , आफ्नो गुजारा चलाई रहेका छन्। सप्तरी जिल्लाको बोधेबसाइन नगरपालिका २ मा उनको घर रहेको छ । हाल भने उनि काठमाण्डौंमा कोठा लिएर बस्दै आएका छन् । काठमाण्डौंमा अन्न किनेर खान नसक्ने भएकाले गाउँमा रहेको जेठो छोराले उनलाई गाउँबाट नै साग सब्जी , चामलहरू पठाउने गरेको रहेछन।
हरेक दिन दिउँसो खाना खाएर १० बजे उनि आफ्नो कोठाबाट चप्पल बेच्न निस्कने गर्दछन र बेलुका साँझा ६ बजे आफु बस्ने कोठातर्फ जाने उनको दैनिकी हो । आफु चप्पल व्यपारी भए पनि उनले खुट्टामा पुरानो , च्यातिन लागेको चप्पल नै लगाउँछन।
उनले चप्पल व्यपार गर्नु अघि रंग लगाउने काम पनि गरेका रहेछन। २०४३ साल देखि घरघरमा रंग लगाउने उनको काम विगत ३० वर्षसम्म चलिरह्यो। राजधानीको कयौँ घरको भित्ताहरु उनको हातले लतपतिएका छन् , ठुला भवन र महल रंगाएर जिन्दगी चलाई रहेका उनको जिवनमा अचानक ठुलो बज्रपात पर्यो।
उनि पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने क्रममा बर्दिबासमा मोटरसाइकल दुर्घटना भयो । जसले गर्दा उनको परिवारमा महाभूकम्प गयो। उनि लामो समयसम्म हस्पिटलमा मृत्युसँग लडिरहे। दुर्घटनामा गम्भिर चोट लागेपछि घर घरमा रंग लगाउने कामलाई सधैका लागि बिट मारिदिए।
२०४३ सालदेखि रंग लगाउदै हिँडेका उनि उपत्यकाको कयौँ स्थानमा पुगेका छन् कहिले घरको भितामा , कहिले सार्बजानिक भवनमा । तर ३० वर्षसम्म रंग लगाएका उनको जिवन भने रंगिन बन्न सकेन। उनलाई शरीरले साथ दिन छोड्यो । जसपस्चात उनि घर घरमा रंग लगाउन जान छाडी दिए।
३० बर्षसम्म रंग लगाएका , ६ वर्षसम्म चप्पल ब्यापार गरेको उनको जिन्दगि न त् रंगिन नै बन्न सक्यो न त् उनले आफ्नो खुटामा लगाउने चप्पल नै परिवर्तन गर्न सकेका छन्। दिनमा १० देखि १०० वटासम्म चप्पल ब्यापार गर्ने गर्दछन। मासिक १५ देखि ३५ हजारसम्म कमाउने श्रवनको जिन्दगीमा हाँसो देख्न मुस्किल पर्ने गर्दछ।
उनको हाँसोलाइ जिम्मेवारीको भारि , छोराछोरीको सपनाले नै खोसेको छ। मासिक १५ देखि ३५ हजारसम्म कमाएको उनको रकम छोराछोरीको अध्यन , कोठाको भाडा तिरेर सकिने बताउँछन। उनको छोरा कक्षा १० मा अध्ययनको सिलसिलामा छन्। उनलाई पनि रहर र चाहना छ छोरालाई राम्रो शिक्षा, दीक्षा दिने। सधैं चप्पल हालेर बेच्न लाग्ने ठेला उनले आजभन्दा करिब ३ बस अगाडी १० हजारमा किनेको उनले बताए।
दुर्घटना पछि उनले २०७२ सालमा ५ हजारमा चार पाङ्ग्रे ठेला किनेर सधैं यसरि नै चप्पल ब्यापार गरेर आफ्नो दैनिकी चलाएका थिए पहिलो पटक किनेको ठेलाले उनलाई साँढे ३ वर्षसम्म साथ दिएको र दोस्रो पटक किनेको ठेलाले अहिले सम्म साथ दिइरहेको छ र अब यस ठेलाले उनलाई कहिले सम्म साथ दिने हो थाहा छैन।
असारको महिना काठमाण्डौंमा कति बेला पानी पर्छ अत्तो, पत्तो हुँदैन तर तराइको जस्तै घाम पनि बेला बेलामा लागि नै रहेको हुन्छ , जिम्म्मेवारिको भारि , थकान शरीर , परिवारको चिन्ताले घरमा खेति गरेर बस्नुपर्ने श्रवनलाई ठेलामा चप्पल हालेर गल्लि र बस्तीमा हिड्ने बनाइ दिएको छ।
श्रवन आफ्नो थकान मेटाउनको लागि मन्दिरमा रहेको रुखको छहारी तर्फ लागेन्। थकान मेट्न नपाउँदै उनको ठेला नजिकै चप्पल किन्ने ग्राहक आउन थाले। अनेकौ समस्याको भुमरीले घेरिएको श्रवानाले कहिले पनि आफ्नो देश छाडेर परदेश पस्ने ओठोट गरेनन,
एक्लो ज्यानले १० जनाको परिवार चलाउन उनको एक चार पाङ्ग्रे ठेला सहारा बनेको छ। अरुको मरुभूमिमा आफ्नो मुल्यवान पसिना रगत बगाएर श्रम गर्नु भन्दा नि आफ्नै मातृभूमिमा चर्को घाम , खलखली पसिना बगाएर कमाएको रकमले आफ्नो परिवार चलाउनुको उनमा छुट्टै आनन्द छः
प्रतिक्रिया