अङ्ग्रेजी नयाँ वर्ष २०२३ को दिन इलामकी २४ वर्षीया सरू गुरुङ (नाम परिवर्तन) को फेसबुक अकाउन्टमा नरेश पुन पाइजा मगर नामको आईडीबाट फ्रेन्ड रिक्वेस्ट आउँछ । सरू केही दिन त उक्त रिक्वेस्ट देखेको नदेख्यै गर्छिन् । तर, थर आफ्नो माइतीसँग मिल्ने भएपछि उनले उक्त अकाउन्टको प्रोफाइल हेरिन् । प्रोफाइलमा ती व्यक्ति लाहुरे भएको देखियो । आफन्तले नरेशको अकाउन्ट ट्याग गर्दै ब्रिटिस लाहुरेमा भर्ती भएको पोस्ट राखेर बधाई समेत दिएको देखिन्थ्यो ।
यति देखेपछि उक्त अकाउन्ट नक्कली होइन भन्ने कुरामा सुरू ढुक्क भइन् । र साँझ ८ बजेतिर रिक्वेस्ट एसेप्ट गरिन् । त्यस साँझ उनीहरूबीच केही कुरा भएन । जनवरी २ अर्थात् पुस १८ गते नरेशले बिहान १० बजे ‘हाई, नमस्ते, गुड मर्निङ, ह्याप्पी न्यु इयर’ भन्दै मेसेज पठाए । सरूले उक्त मेसेजको पनि वास्ता गरिनन् । त्यसको आधा घण्टापछि थम्ब ९लाइक० पठाउँदै नरेशले मेसेज पठाएको अवगत गराए । धेरै मेसेज आएपछि सरूले ुसेम टु युु भन्दै रिप्लाई फर्काइन् ।
त्यसपछि सुरुवातमा चिनजान भयो । एकअर्काको पारिवारिक देखि व्यक्तिगत सबै कुराकानी भए र नजिकको चिनाजानी जस्तै महसुस गरे । कुरा गहिरिँदै जाँदा उनीहरूबीच रिक्वेस्ट कसले पठाएको भन्ने विषयमा एक किसिमको बहस नै चल्यो । सरू आफूले रिक्वेस्ट एसेप्ट गरेको कुरामा जोड दिन थालिन् । उता नरेशलाई सरूसँग नजिकिने गज्जबको बहाना थियो, यो । ूजसले एड गरेको भए पनि नराम्रो पो बोल्नु हुन्न, उनले मेसेजमा लेखे, ूव्यवहार र बानी राम्रो हुनु पर्छ । त्यो नै राम्रो हो नि है दिदी । हामी जताको भए पनि व्यवहार हाम्रो एउटै हुनुपर्छ ।
नरेशका यस्ता सकारात्मक कुराबाट सरू प्रभावित भइन् र हो नि मेरो भाइू भन्दै रिप्लाई फर्काइन् । यसरी उनीहरूबीच दिदी भाइको सम्बन्ध बन्यो । सरू आफूले दिनभर जे जस्ता कामहरू गर्थिन्, त्यो सबै नरेशलाई सुनाउँथिन् ।
नरेश पनि आफूले ड्युटी गरिरहेको र फुर्सदमा घरको सम्झना आउने भएकाले उनीसँग कुरा गर्न थालेको भन्थे । यस्ता कुराले सरूलाई नरेश झनै नजिक भएको आभास मिल्न थाल्यो । सरू कतै घुम्न जाँदा नरेशको शुभ यात्राको मेसेज टुप्लुक्क आइपुग्थ्यो । यसरी उनीहरू आफ्ना हरेक गतिविधिबारे एकअर्कालाई जानकारी गराउन थाले । नरेश सरूका हरेक कुराको ख्याल राखेजस्तो गर्थे । सरूका छोरालाई पनि राम्ररी पढ्न हौसला दिन्थे ।
यसैबीच एक दिन उनले सरूलाई ‘कुन गुरुङ हो रु’ भनेर सोधे । उनले आफ्नो थर बताइन् । त्यसपछि उनले नरेशलाई सोधिन् । नरेशले आफू लामिछाने मगर भएको सुनाए । सरूलाई शङ्का लाग्यो, तिम्रो नाममा त पुन मगर छ, तिमी कसरी लामिछाने मगर भयौ रुू तत्कालै नरेशले कुरा बनाएर आफ्नी आमा लामिछाने मगर भएको बताए । उसले (नरेशले)त्यसो भन्ने बित्तिकै मलाई शङ्का लागेको थियो । तर, उसले आमा लामिछाने मगर हो भनेपछि मैले त्यो कुरामा त्यति चासो दिइनँ, सरू आफूले कुरा गरेको पल सम्झिँदै भन्छिन् ।
उनीहरूबीच सधैँजसो कुराकानी चलिरहन्थ्यो । नरेश ड्युटीबाट बचेको थोरै समयमा आफूले सरूलाई मेसेज गरेको सुनाउँथे । आफूलाई प्राथमिकता दिएको, खबर सोधिरहने र ख्याल गरिरहने देखेपछि नरेशमाथि सरूको विश्वास बढ्दै जान्छ ।
यता सरूको घरमा श्रीमान्सँग सम्बन्ध बिग्रिएको थियो । उनका लागि मन भुलाउने साथीको रूपमा नरेश भेटिए । सरूलाई नरेश ब्रिटिश लाहुरेको सामूहिक फोटो पठाउँथे र त्यसमा आफूलाई चिन्न लगाउँथे । सरू पनि नरेश जस्तै देखिने व्यक्तिको फोटोमा घेरा लगाएर पठाउँथिन् । कस्तो ठ्याक्कै मिलाउनु भएको दिदीले मेरो फोटो,ू नरेश रिप्लाईमा लेख्छन्, ूआखिर दिदीले आफ्नो भाइलाई चिनिहाल्ने रहेछन् है रुू
झन्झन् नजिकिँदै गएका नरेशलाई उनी आफ्ना पारिवारिक समस्याहरू सुनाउन थाल्छिन् । नरेश पनि त्यस्ता मेसेज आउँदा सान्त्वना दिन्छन् । सरूलाई नरेशका यस्ता कुराले थोरै भए पनि राहत मिल्थ्यो ।
एकाएक नेपाल आउने नरेशको योजना
कुरा हुँदै जाँदा नरेशले सरूलाई आफू जनवरी ९ पछि खाली हुने कुरा सुनाउँछन् । यो खाली समयमा उनी नेपाल आउने चाहना राख्छन् । त्यसैबीच सरूलाई आफू जनवरी १७ मा नेपाल आउन लागेको खबर सुनाउँछन् ।
मेरो दिदीलाई आउँदा म आईफोन ल्याइदिन्छु है,ू सरूलाई मेसेज पठाउँछन् । के गर्नु हौ आईफोन लिएर, सरूले हाहाको इमोजी पठाउँदै रिप्लाई गर्छिन् । उपहार हो नि दिदी । बरु भन्नुस् हजुरलाई कुन आईफोन ल्याइदिउँ रु, नरेश मेसेजमै सोध्छन् ।
आईफोन १४ प्रो म्याक्स ल्याए आफू खुसी हुने भन्दै सरू रिप्लाई दिन्छिन् । आईफोन १४ प्रो म्याक्स सेलमा छैन दिदी, नरेश जवाफमा लेख्छन्, आईफोन १३ प्रो म्याक्स चाहिँ सेलमा छ । त्यसको १५० युरो पर्छ । फेरि महिलाहरूलाई १३ प्रो म्याक्स ठूलो हुन्छ । आईफोन १३ मिनी राम्रो होला दिदी ।
गिफ्ट आउने भएपछि सरू मख्ख थिइन् । केही दिनमै नरेश नेपाल फर्किने भनेपछि उनी त्यो दिनको पर्खाइमा बस्न थालिन् । भाइ छिट्टै आउनुहुने रहेछ । म त गिफ्ट हेर्न आतुर छु, सरू मेसेजमा नरेशसँग आफ्नो उत्सुकता साँट्छिन् ।
नरेशबाट यसरी ठगिन पुग्छिन् सरू
नेपाल फर्किने कुरा गरिरहँदा नरेशले एकाएक आफ्नो बुबा बिरामी परेर ग्रान्डी अस्पतालमा उपचार गराइरहेको सुनाउँछन् ।
बुबा मुटु रोगी हो दिदी । अहिले ग्रान्डीको अपरेसन थियटरमा हुनुहुन्छ, सरूलाई सुनाउँछन् ।
आफ्नै भाइ जस्तो मान्छेको बुबा बिरामी भएको थाहा पाएपछि सरू क्षणभरमै भावुक हुन्छिन् । उनी आफू भेट्न इच्छुक रहेको सुनाउछिन् ।
होइन दिदी, अहिले अपरेसन भइरहेको छ, भेट्न मिल्दैन । बरु दुई तीन दिनपछि फलफूल लगेर भेट्न जानु न, रिप्लाई दिन्छन् ।
दिदी मलाई अहिले सहयोग गर्नुपर्ने भयो, बीचैमा नरेश बिलौना गर्छन् ।के सहयोग भन्नु न भाइ, सकेजति गरिहाल्छु नि, सरू जवाफ दिन्छिन् ।
अहिले मैले यताबाट पैसा पठाउन नमिल्ने भयो । हजुरले आठ लाख रुपैयाँ जति सहयोग गर्नुहुन्थ्यो कि दिदी । बरु म फर्केँपछि यसको डबल तिर्छु नि १ अहिले धेरै नै अर्जेन्ट परेको छ, नरेश सहयोगको याचना गर्छन् ।
आफूले सुरुमै सहयोगको बाचा गरेको भए पनि सरूसँग त्यति धेरै रकम थिएन । आफूसँग भएको सुनको गहना बेच्दा पाँच लाख जति त भयो । तर, बाँकी तीन लाखको जोहो कसरी गर्ने रु उनले आफूले त्यति धेरै पैसा सहयोग गर्न नसक्ने बाध्यता दर्शाउँछिन् ।
ूकसैसँग मागेर भए पनि मिलाइदिनु न दिदी । धेरै नै आपत् परेको छ, अहिले । केही दिनमा म आफै फर्केर आइहाल्छु, सरूलाई विश्वस्त बनाउन नरेश भावुक मेसेज पठाउँछन् ।
सरू आफूसँग भएको सबै रकम दिने योजना बनाउँछिन् । केही दिनमै आफूले दोब्बर रकम पाउने उनको लालसा बढ्छ । अन्ततः उनी आफूसँग भएको छ लाख रुपैयाँ दिन राजी हुन्छिन् ।
नरेशले काठमाडौं गोङ्गबुमा भीम मगर नाम गरेको एउटा भाइ पैसा लिन आउने र उसैलाई दिन अनुरोध गरे । साथै उसको सम्पर्क नम्बर दिएर दुई जनाबीच चिनजान समेत गराइदिए ।
सरू पैसा बोकेर गोङ्गबु हिँडिन् । त्यसपछि पैसा लिन आएका ती व्यक्तिको हातमा पैसा थमाइन् । प्रमाणका लागि त्यो मान्छेले नागरिकता र अस्पतालका कागजात पनि ल्याएको रहेछ । तर, सरूले यति विश्वास गरिन् कि उनलाई सबैभन्दा पहिले बुबा बाँचून् भन्ने चाहना भयो ।
भीम मगर भन्नेले नागरिकता र अस्पतालको डकुमेन्ट ल्याएको थियो । “हेर्नु न, मैले केही नसोची पैसा दिएँ र त्योबाट छुट्टिएँ । अहिले पनि त्यसको अनुहार देखेँ भने चिन्छु होला, उनले दुःखेसो पोख्दै टेकपानासँग भनिन् ।
छ लाख दिइसकेपछि उनले नरेशलाई उनले भनेको व्यक्तिले पैसा पाइसकेको सुनाइन् । एउटै औषधी ७०/८० हजार रुपैयाँको हुन्छ दिदी । प्लिज मेरो बुबालाई बचाइदिनुस् । म यो गुन कहिल्यै बिर्सिँदैन, बाँकी दुई लाख तत्कालै उपलब्ध गराउन नरेश थप याचना गर्छन् ।
नरेशलाई बाँकी दुई लाख पनि हात पार्नु थियो । उनले सरूलाई लोभ्याउने सबै प्रलोभन देखाउँछन् र बाँकी दुई लाख पनि चाँडै पठाउन गुहार गर्छन् ।
सरूलाई पैसा भन्दा पनि भाइ मानेको मान्छेको बुबा बाँच्नुपर्छ भन्ने लाग्छ । त्यसैले उनले पैसा पाउन सकिने ठाउँमा ऋण लिने प्रयास गरिन् ।
अर्को दाइबाट दुई लाख माग्नुपर्ने कुरा सुनाएपछि नरेशले पैसा दिने दाइलाई चार लाख रुपैयाँ फिर्ता गर्ने प्रतिवद्धता जनाउँछन् । यति भएपछि सरू आफ्नो दाइ पर्ने व्यक्तिबाट केही दिनका लागि दुई लाख ऋण लिन्छिन् ।
र, पर्सिपल्ट अर्थात् पुस २५ गते थप दुई लाख सुम्पिन्छिन् । पैसा दिएको खबर नरेशलाई सुनाउँछिन् र आफ्नो कोठामा फर्किन्छिन् । सरू कोठामा पुग्दानपुग्दै नरेशले आफ्नो फेसबुक प्रोफाइलबाट सबै विवरण मेटाइसकेका हुन्छन् ।
उक्त अकाउन्टमा सरूको मेसेज गइरहेकै थियो । तर, मेसेज डेलिभरी भने हुँदैन थ्यो । यो देखेपछि सरूलाई नरेशमाथि शङ्का उत्पन्न हुन्छ र उनी आफूलाई शङ्का लागेको कुरा पनि नरेशलाई मेसेजमा पठाउँछिन् ।
नरेश भने उक्त अकाउन्टबाट गायब भइसकेका थिए । सरूले पैसा पाउन हारगुहार गरिरहिन्, तर नरेश उनको गुहार सुन्ने पक्षमा थिएनन् । आफूले पैसा दिएको भीम मगरलाई सम्पर्क गर्न खोजिन् ।
उक्त नम्बर पनि स्वीच अफ थियो । त्यसपछि उनी पुस २६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन पुगिन् ।
ूग्रान्डी अस्पतालमा भीम मगर भन्ने मान्छे कुरुवा बसेको छ होला सर । मान्छे देखेँ भने म चिनिहाल्छु,ू उनी प्रहरीलाई अनुनय विनय गरिरहेकी थिइन् । यसैक्रममा हाम्रो भेट सरूसँग भएको थियो ।
प्रहरीले उनलाई ठगी गरेको प्रमाण पेस गर्न सुझाव दिइरहेका थिए । प्रहरीले यस्तो घटना नौलो नभएको र उक्त व्यक्तिले ठगी गरेको भन्दै विश्वास दिलाउन खोजे ।
पैसा बुझाएको प्रमाण हातमा केही नहुँदा उनको उजुरी दर्ता हुन सकेन । सरू साइबर ब्युरोमा पनि जाने तयारीमा थिइन् । तर, साइबर ब्युरोले पनि प्रमाण नभएकाले केही गर्न नसकिने र विद्युतीय कारोबार ऐन २०६३ मा यस्तो घटना नपर्ने भन्दै उजुरी लिन सम्भव नहुने बतायो ।
ूहाताहात दिएको पैसामा कुनै कानून नै लाग्दैन,ू साइबर ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी पशुपतिकुमार राय भन्छन्, ूयस्तो अवस्थामा प्रमाण केही पनि हुँदैन । प्रमाण नहुँदा उसले पैसा जति पनि भन्न सक्ने भयो । कानूनले प्रमाण हेर्छ । तर, प्रमाण नै भएन भने केका आधारमा उजुरी दर्ता गर्ने रुू
झट्ट ती पीडित युवतीका कुरा सुन्दा हामीलाई यस्तो पनि हुन्छ रु यति सहजै कोही ठगिन्छ होला र रु आदि आशङ्का थिए । त्यसैले हामीले उनीसँग यो घटनासँग पुष्टि गर्ने आधारहरू खोज्यौँ ।
पीडक व्यक्तिसँग गरिएका कुराकानी, च्याट, अडिओ मेसेज, सबै हेरिसकेपछि उनी साच्चिकै ठगिएको ठहर भयो ।
यो सबै हन्डर खाइसकेपछि सामाजिक सञ्जालमा विश्वास गरेर कसैलाई पनि पैसा नदिन सरू अरुलाई सल्लाह दिन्छिन् ।
उनी भन्छिन्, मैले चिनजान भएको १५ दिनमै विश्वास गरेर पैसा दिएँ । जता गए पनि प्रमाण चाहिन्छ भन्छन् । प्रमाण नहुँदा मैले उजुरी नै दिन पाइनँ । जतिसुकै नजिकको मान्छेलाई पनि पैसा दिँदा प्रमाण माग्नुपर्ने रहेछ, बल्ल थाहा पाएँ ।
प्रतिक्रिया