काठमाडौं– आज साउन १५ अर्थात् खीर खाने दिन । विशेषगरि खिर दूध, घिउ, लोकल चामल, गुड,वा चिनी हालेर पकाइने गरिन्छ ।
परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । वर्खाभरि खेतमा काममा व्यवस्थ भएको हुन्छन् । पहिले अहिलेजस्तो पोषणयुक्त खानेकुराहरु खासै खान पाइँदैनथ्यो । घरमा नै उपलब्ध हुने सामाग्रीबाट खीर बनाएर खाइन्थ्यो । जसले शरीरमा आवश्यक पोषक तत्व पूर्याउँथ्यो ।
कामले थाकेको शरीरलाई उर्जा प्रदान गर्ने खानेकुरा खुवाउने उद्देश्यले साउन १५ मा खीर खाने प्रचलन चल्दै आएको विश्वास गरिन्छ।
खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषणविद्हरु बताउँछन् । दूधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ र चामलमा कार्बोहाइड्रेट पाइन्छ । दुध र चामललाई मज्जाले पकाएको खाद्यमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्ने गर्छ ।
प्रोटिनले शरीरका मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्छ । खीर खाँदा बच्चाहरुको मांसपेशी र हड्डी बलियो बन्न र बढ्दो उमेरका हड्डी, मांसपेशी पुनर्निर्माणका लागि मद्दत पुग्छ ।
पछिल्लो समय खिर बनाउँदा चामल, दूध, घिउ, सुख्खा नरिवल, छोकडा, अन्य ड्राई फ्रुट र चिनी वा गुड मिसाएर पकाउँदा नरिवल, ड्राई फ्रुटले यसले थप खानालाई स्वादिलो र पौष्टिक तत्त्वले प्रदान गर्ने गर्छ । यसबाट क्यालोरी, प्रोटिन, मिनिरल, आइरन जस्ता शरीरलाई अत्यावश्यक पर्ने तत्त्व प्राप्त गर्न सकिन्छ ।
प्रतिक्रिया