काठमाडौं । बाजुरामा गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् ।
‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् ।‘
गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन रुन्छ’, रानाले भनिन्, ‘गाई नदिमा जान डराउँछ तर ढुंगाहरू प्रहार गरी निरीह प्राणीको बाँच्च पाउने अधिकारको हनन् गरेका व्यक्तिहरूमाथि कडा छानबिन होस सरकार ।’

















प्रतिक्रिया