Logo

विश्वकपको उद्धघाटन र फाइनल खेल हुने रंगशालामा ६६ जनाको ज्यान गएको थियो, पढ्नुहोस् त्यो कहाली लाग्दो घटना

रुस विश्वकपको उद्घाटन र फाइनल सहित ७ वटा खेलहरु ८० हजार दर्शक क्षमताको मस्कोमा अवस्थित लुजनिकी स्टेडियममा हुने भएका छन् । मस्कोस्थित मस्कोवा नदीको किनारमा अवस्थित यो स्टेडियममा यो सिजनका महत्वपुर्ण खेलहरु हुन लागेका हुन् । यस रंगशालाको सुरुवाती नाम सेन्ट्रल लेनिन स्टेडियम थियो । १९९० को पुर्ननिर्माण पछि मात्रै यसको नाम लुजनिकी राखिएको हो । रसियन भाषामा यसको अर्थ ‘घासे मैदान’ भन्ने हुन्छ ।

१९५२ मा फिनल्याण्डको राजधानी हेलसिंकीमा भएको ओलम्पिकमा तत्कालिन सोभियत युनियन (हाल रुस) का खेलाडीहरुले पहिलोपटक ओलम्पिकमा भाग लिएका थिए । उक्त ओलम्पिकमा अविश्वसनीय रुपमा ७१ वटा पदक ल्याएपछि त्यहाँको सरकार रंगशाला बनाउन कस्सिएको थियो । फलस्वरुप सोभियत सरकारले मात्रै ४ सय ५० दिनमा यो रंगशाला तयार गरेको थियो ।

यो रंगशाला उल्लास र भय दुबैको साक्षी हो । सन् १९८० मा भएको मस्को ओलम्पिकको मुख्य स्थल नै यही रंगशाला थियो । १९९९ मा युएफा कपको फाइनल यसै स्टेडियममा भएको थियो । त्यसबाहेक २००८ को च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर युनाइटेड र चेल्सी यसै मैदानमा भिडेका थिए । जसले दर्शकहरु माझ उल्लासको वातावरण श्रृजना गरेको थियो ।

सन् १९८२ मा यस रंगशालामा भएको एउटा दुर्घटनामा ६६ जना दर्शकले ज्यान गुमाएका थिए । युएफा कप अन्तर्गतको अन्तिम–१६ मा प्रवेशका लागि घरेलु टोली स्पार्टक मस्कोले नेदरल्याण्ड्सको हर्लिम क्लबको सामना गर्ने क्रममा भएको दुर्घटनामा थप ६१ जना घाइते भएका थिए ।

उक्त खेल अक्टोबर महिनामा थियो । सो समय रुसको तापक्रम माइनसमा झर्ने गर्छ । हिउले स्टेडियमका सिटहरु छोपिने गर्छन्। मानिसहरुलाई घरबाट निस्कनपनि अप्ठारो स्थिती हुन्छ ।

त्यसदिन रंगशालाको तापक्रम माइनस १० डिग्री सेल्सियस थियो । हिउ जमेको चिसो मौसमका कारण ८२ हजार क्षमताको स्टेडियममा १६ हजार ५ सय जनामात्रै दर्शक टिकट काटेर खेल हेर्न आएका थिए ।

कम दर्शक भएकाले चारमध्ये दुई स्टान्ड(भाग)मात्रै दर्शकका लागि खोल्ने निर्णय व्यवस्थापकले गरेको थियो । पूर्वी स्टान्ड र पश्चिमी स्टान्ड मात्रै दर्शकका लागि खोलिएको थियो । ती स्टान्डहरु २३–२३ हजार दर्शक क्षमताका थिए ।

साढे १६ हजार दर्शकमध्ये झण्डै १२ हजार दर्शक पूर्वी स्यान्डमा गए । किनकी उक्त स्यान्ड मेट्रो स्टेशनबाट नजिक थियो । दर्शकहरुलाई आवाज जवात गर्न सहज हुने भएकाले धेरै दर्शक उक्त पूर्वी स्यान्डमा गएका थिए ।

उक्त स्यान्डमा गएका १२ हजार दर्शकमध्ये पाहुना टोली हर्लिम क्लबका सर्पोटर करिब सय जनामात्रै थिए । बाँकी दर्शकहरु घरेलु क्लब स्पार्टक मस्कोका पक्षमा हुटिङ गरिरहेका थिए । साझँ ७ बजे खेल सुरु भयो । १६ औं मिनेटमा नै घरेलु टोली स्पार्टकले सुरुवाती अग्रता लियो ।

 

खेलको अन्तिम मिनेट बाँकी रहँदा स्पार्टकले १–० को अग्रता बनाइरहेपछि धेरै समर्थहरु घरेलु मैदानले खेल जित्यो भन्दै स्टेडियमबाट बाहिर निस्कन थाले ।पूर्वी स्यान्डबाट बाहिर निस्कने दुई सिँढीहरु थिए । त्यसमध्ये पहिलो सिढी मेट्रो स्टेशनबाट नजिक भएकाले अधिकांश दर्शक त्यही सिँढीबाट ओर्लन गए ।

उक्त सिढी एकातिर साघुँरो थियो भने हिउँ परेका कारण चिप्लो पनि थियो । अरु भन्दा छिटो मेट्रो समात्न हतारिएका दर्शकहरु साघुँरो सिढीमा ठेलमठेल गरेर अघि बढिरहेका थिए ।प्रत्यक्षदर्शीका अनुसार सिढीँबाट ओर्लिरहेकी एक युवतीको जुत्ता फुस्किएर छुटेपछि उनी पुनः उक्त जुत्ता प्राप्त गर्न रोकिएन् ।

उनलाई सहयोग गर्न भिडकै बीचमा केही अन्य मानिसहरु रोकिए । तर, पछाडीको भिडलाई अगाडी मान्छे रोकिएको थाहा थिएन् ।पछाडीबाट एकनासले अगाडी बढेको भिडले रोकिएका मान्छेहरुलाई धक्का दिएपछि रोकिएका सबै चिप्लो सिढीमा लडे। उनीहरु आफ्ना अगाढी रहेका मान्छेहरुको माथि पनि लडेका थिए । अगाडीको दुर्घटनाबारे बेखबर पछाडीको भिड अघि बढ्दै जादाँ थप दुर्घटना निम्त्याएको थियो ।

अगाडीका मान्छेहरु भिडले कुल्चिरहेकै बेला अर्को घटना भयो । खेल सकिँन २५ सकेन्डमात्रै हुँदा स्पार्टकका सर्गि सीभेत्सवले दोस्रो गोल गरे । त्यसले स्टेडिममा रहेका दर्शकहरु खुशीले चिच्याए । सिढीँमा ओर्लिरहेका दर्शकहरु के भयो भनेर पछाडी फर्कन खोजे तर सुरक्षाकर्मीले उनीहरुलाई स्टेडियम फर्कन रोक्ने क्रममा चिप्लो सिढीमा थप दर्शहरु लडेँ । त्यसले मर्नेहरुको संख्यामा अझै वृद्धि भएको हो ।

भोलिपल्ट छानविन टोलीले अफिसियल डाटा सार्वजनिक गर्दै उक्त घटनामा ६६ जनाको ज्यान गएको र ६१ जना घाइते भएको बतायो । मृत्यु हुनेहरु ४५ जना किशोर–किशोरी थिए। यो विश्व खेलकुद नै दुखद घटनामध्येको एक थियो ।

प्रतिक्रिया दिनुहोस्